विपद व्यवस्थापन कोषलाई दलित महिला र दलित सेवा संघको आर्थिक सहयोग

कोहलपुर, बैशाख १,

श्री संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था र दलित सेवा संघले विपद व्यवस्थापन कोषमा सयुक्त रुपमा रकम जम्मा गरेको छ ।

दुवै संस्थाले कोहलपुर नगरपालिका विपद व्यवस्थापन कोषमा रु ३० हजार ५ सय नगद सहयोग गरेको छ । श्री संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था कि अध्यक्ष शितला परियार र दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विक लगायतको टोलीले रकम कोषलाई रकम बुझाएको हो ।

आईतबार कोहलपुर नगर प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीलाई रु ३० हजार ५ सय रकम विपन्न लाई राहात वितरणमा सहयोग पुगोस भन्ने हेतुले सहयोग रकम हस्तान्तरण गरेको थियो । नगर प्रमुख रावतले देशमा कोभिड १९ कोरोना संक्रमणका १० विमारी मध्ये १ सन्चो भएर फर्केको अवस्थामा विरगञ्जमा एकै दिन ३ जनामा संक्रमित भेटिएर पुरै देश लाई सावधान गरेको बताए । आफन्त, नातागोता कोही भर्खरै आएको, टोल छिमेक मा विदेश बाट आएको कोही भए स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नु भएको छ ।

दलित सेवा संघ बाँके र श्री संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था कोहलपुर ले नगर भित्र का दलित समुदायलाई नआत्तिन र घर भित्रै वस्न अपिल गरेको छ । सहकारी सचिव तिला विक, सदस्य सिता कुमारी विक व्यवस्थापक तथा दलित महिला नेतृ तुलसी सुनार लगायतको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *