कोरोना महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै

कोहलपुर, बैशाख १,

कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ३ सय ५६ पुगेको छ । संक्रमित मध्ये ५० हजार भन्दा बढि गम्भीर अबस्थामा छन् ।

संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख २३ हजार ३ सय ८ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार ४ सय २ जना संक्रमित हुँदा २२ हजार १ सय ५ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना संक्रमित भएका छन् भने १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *