कस्मिरमा जैस-ए मोहम्मद’का वरिष्ठ कमान्डर मारिए

काठमाडौं, १२ पुस : भारतीय अर्धसैन्य बलसँग भएको गोली हानाहानमा नूर मोहमद त्यान्त्रेको मृत्यु भएको हो ।

श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोरा गाउँमा गोली हानाहान भएको बताइएको छ । विशेष गुप्तचरको सूचनाअनुसार सो क्षेत्रमा अर्धसैन्य बलले कारबाही शुरु गरेको थियो ।

पृथकतावादी समूहको कमान्डर त्यान्त्रेले श्रीनगर जम्मुको राजमार्गका कतिपय क्षेत्रमा आक्रमणको योजना बनाएको सूचना प्रहरीले पत्ता लगाएको थियो । कारबाहीका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन् ।

त्यान्त्रे मारिएको समाचार सार्वजनिक भएपछि कस्मिरमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *