कोरोना सङ्कटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का

कोहलपुर, चैत्र ३०,

विश्व बैंकले कोरोना सङ्कटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ ।

आईतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिपोर्ट सार्वजनिक गर्दै विश्वबैँकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैँकले उल्लेख गरेको छ ।

यसअघि एसियाली विकास बैँकले नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ३ देखि ५ दशमलब ३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *