पर्सामा ३९ जना फरार अभियुक्त पक्राउ

१२  पौष, २०७४ :  विभिन्न आपरधमा संलग्न भई दोषी ठहरिएका अभियुक्तहरु फरार भईरहेका बेला पर्सामा फरार रहेका ३९ अभियुक्त पक्राउ परेका छन । फरार अपराधी र अभियुक्त पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको अभियानको क्रममा विभिन्न आपरधमा संलग्न भई दोषी ठहरिएका उनीहरु पक्राउमा परेका हुन् ।

पर्सा प्रहरीले थालेको यो अभियानले सबैको ध्यान केन्द्रित गरेको छ । यो अभियान बाट राम्रो प्रभाव पर्ने समेत आकलन गरिएको छ ।अभियानका क्रममा जिल्लाको विभिन्न स्थानबाट फरार रहेका ३९ जना फरार अभियुक्ताहरुलई पक्राउ गरीएको र उनीहरुलाई आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । उक्त अभियान असोज १८ गतेबाट सञ्चालन गरिएको थियो ।

अपराधी भएर पनि स्थान परिवर्तन गर्दै लुकिछिपी बस्दै आएका उनीहरु प्रहरीले गरेको खोजतलासमा फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *