कविताको उपविधा साइनोः सैद्वान्तिक परिचय र यसका तत्वहरु

-सुरेश काफ्ले ‘विदारक

कोहलपुर, चैत्र १६,

नेपाली कविता साहित्यको नयाँ उपविधा साइनोको सैद्वान्तिक परिचय र यसका तत्वहरु शीर्षकको यस लेखमा नेपाली मौलिक कविता साइनोको सैद्वान्तिक परिचय र यसका तत्वहरुका सम्बन्धमा आलेख प्रस्तुत गरिएको छ । यसको शाब्दिक र अर्थगत परिचय र परिकल्पनाका, साइनोकार तथा यसका अभियन्ताका विचार र विचारसँग सम्वन्धित परिभाषाहरु उल्लेख गरिएको छ भने यसको रचना विधान तथा यसमा अभ्यासरत सर्जकहरुको नाकावली पनि समावेस गरिएको छ । यसर्थ यसले थोर बहुत साइनोको सैद्वान्तिक परिचयलाई समेटन सकेको छ । यस लेखमा साइनोलाई शसक्त र प्रभावकारी बनाउने तत्वका विषयमा कवितासँग तादाम्य गरी उल्लेख गरिएको छ । यसरी साइनोको परिचय र यसका तत्वहरुको विमर्श गर्दै निष्कर्ष स्थापित गरिएको छ ।

प्रमुख शब्दहरुःसाइनो, अन्तर्वस्तु, रुपतत्व, समुच्य, सघनता, चित्रात्मक ।
सङ्क्षिप्त रुपः ना., नाम ÷ पृ., पृष्ठ ÷ वि.स., विक्रम संवत

१. विषयप्रवेश
कलाका चार वस्तु, चित्र, मूर्ति र ललित भेदहरुमध्ये साहित्य ललितकलाको एउटा भेद हो । यस ललितकलाको श्रव्य दृश्य भेद नै साहित्य हुन्छ । साहित्यले जीवनजगतका सकारात्मक तथा नकारात्मक पाटाहरुको विश्लेषणात्मक जाहेरी र जीवनलाई मार्गदर्शन गर्ने काम साहित्यले गर्दछ । तसर्थ मानविय संवेगात्मक चिन्तन र व्यवहारको प्रतिबिम्ब नै साहित्य हो । मानव सृष्टि र मानवसमाजको क्रमिक विकासमा आएका विकास शृङ्खलाभित्र पर्ने बोली वा भावव्यक्तिकरण र यसका क्रमिक चरण अन्तर्गत भाषिक लेखनका विविध विधाहरु उदाएका छन् । भाषालाई माध्यम बनाई जीवन जगत्को अनुभूतिलाई अभिव्यक्त गर्ने अनेक भाषिक कला छन् । त्यही अभिव्यक्ति गर्ने साहित्यकलाका मूलतः कविता, आख्यान, नाटक र निबन्ध गरी चारओटा विधाहरु छन् । यीमध्ये कवितालाई साहित्यको सर्वप्राचिन एक प्रमुख विधा मान्ने गरिन्छ जसमा सौन्दर्य सहितको कल्पनाको अनिवार्य उपस्थिती रहन्छ । कविताको पनि आयामगत लम्बाई गत विविधता एवम् लयगत विशिष्टताका सम्बन्धमा विभिन्न भेदहरु देखापरेका छन् । आयामका दृष्टिमा लघुतम (हाइकु, साइनो, मुक्तक आदि), लघुतम (फुटकर कविता, गीत, गजल), मध्यम (खण्डकाव्य, लामो कविता) र बृहतम (आर्य महाकाव्य) जस्ता भेदहरु देखिन्छन् भने लयका दृष्टिकोणले पद्य (बहुलयात्मक) र गद्य (मुक्तलयात्मक) जस्ता भेदहरु पाईन्छन् । यस्ता कवितासँग सम्बन्धित धेरै उपविधा (प्रविधा) हरु चिन्तनीय अवस्थामा रहेका छन् । मुक्तक, तांका, हाइकु, चोखा, छेस्का, साइनो, सेदोका, तप्कना, ॐ, आदि कविताका प्रविधाहरु नेपाली साहित्यकाशमा देखिएका छन् । सबै साहित्यिक भेलमा पौडीरहेको अवस्थामा नयाँ उपविधाहरु पनि जन्मिने क्रम बढ्दो छ । यस्ता अक्षर र भावहरु सजाउने साहित्यिक विधाहरुको नयाँ अभ्यास र संरचना लिएर जन्मिनु एक हिसाबले साहित्यलाई धनि र फराकिलो बनाउनु हो । यसै सन्र्दभमा यस आलेख कविताका उपविधा तथा नेपाली मौलिक कविता साइनोको चिन्तनमा केन्द्रित रहेको छ । यो साहित्यका विविध विधा मध्येको कविताको सबैभन्दा कान्छो उपविधाको रुपमा विकसित भएको छ ।

२.साइनोको परिचय
साइनो (साहिन+ओ, नाम) शब्द आफैमा सरल र मिठो छ । यो शुद्घ नेपाली भाषामा प्रयुक्त साइनु नै साइनो हो । यो नाता सम्बन्धको पर्यायवाची शब्द हो । यसले एक अर्काको नाता, सम्बन्ध, आफन्तसँगको घनिष्टतालाई संकेत गर्दछ । नेपाली शब्दसागर अनुसार साइनो (साहिन+ओ, ना.) भन्नाले नाता, सम्बन्धलाई बुझाउँछ । नेपालीबृहत शब्दकोषमा साइनु भन्नाले सम्बन्ध, साहिनु, नातागोता बताएको छ । मानव, राष्ट्र र वस्तु बिचको एक अर्काको सम्बन्धलाई पनि साइनो भनिन्छ । व्यापक अर्थमा हेर्दा यो सम्बन्ध व्यक्तिको रगत, वैवाहिक र आत्मीय सम्बन्धमा मात्र सिमित नरही वस्तु, राष्ट्र र मानवबिचको सम्बन्धलाई पनि साइनो शब्दले बाधेर राखेको छ ।

साइनो गाँस्ने क्रममा शब्द र भावबिचको काल्पनिक मित्रताले नेपाली साहित्यकाशमा एउटा नवीनतम कवितात्मक विधा उदाएको छ, त्यो हो साइनो । साइनो कुनै बहस विशेष तथा योजनाद्वारा निर्मित कविता होइन । हृदयले संकेत गरेअनुसार बौद्विक मस्तिष्कद्वारा स्वस्फूर्त जन्मिएको रचना हो । रचना पश्चात यसलाई न्वरानमा ‘साइनो’ नाम जु¥याइयो । यो रचना वि.स. २०७६ साउन १६ गते तदनुसार १ अगष्ट २०१९ मा प्रध्यापक तथा वालसाहित्यकार छायादत्त न्यौपाने ‘बगर’ ले परिकल्पना गरी फेसबुक मार्फत सार्वजनिक गर्नुभएको हो । उहाँको स्वस्फूर्त रचना हो यो साइनो ।

मान्छे छैन इमानी
सहरमा छ धन
न त झुपडीमा पिसानी ।
(२०७६/०४/१६ मा रचना गरीएको पहिलो साइनो )

“साइनो सिर्जना आरम्भ कुनै पूर्व योजना अनुरुप नभई आकस्मिक प्रस्फुटनबाट भएको हो । यो छोटो सिर्जनात्मक अभिव्यक्ति हो ।” छायादत्त न्यौपाने ‘बगर’ ( नवप्रज्ञापन, पूर्णाङ्क–८७ ) । यसले शब्द र त्यसको भाव (अभिव्यक्ति) बिचको सम्बन्धलाई जनाउँछ । ‘यहाँ ‘मानव (सजीव) र अक्षर (निर्जीव) सँग साइनो गाँसिन पुगेको छ ।’ हरि आत्रेय । तसर्थ काव्यात्मक रुपमा शब्दले ब्याख्या गर्ने विविध विषयबस्तुसँगको सम्बन्ध पनि साइनो नै हो ।

साइनोलाई शाब्दिकरुपमा अथ्र्याउँदा साइनोकार हरि आत्रेय भन्नुहुन्छ :–“साइनोलाई अक्षरगतरुपमा व्याख्या गर्दा ‘सा’ साहित्य, ‘इ’ इछु (सरलता, मृगतृष्णा), ‘नो’ नोखा (सर्वोत्तम) हुन्छ । साइनो जति गाढा हुन्छ, सम्बन्ध उति प्यारो हुन्छ ।” यसरी हेर्दा साइनो सरल देखिने जीवनका मृगतृष्णालाई सर्वात्तमरुपमा प्रस्तुत गर्न सक्ने कविता हो । यस्तै बाँकेका साहित्यकार तथा साइनोकार महानन्द ढकालले “सा–इ–नो मिलेर बनेको तिन अक्षरको शब्द हो जसमा ‘सा’ भनेको साथित्वको सम्बन्ध वा सकारात्मक सम्बन्ध, ‘इ’ भनेका इष्टमित्रमा गरिने सम्मान र ‘नो’ भनेको नोक्सानी बिरुद्वको सचेतता भन्ने भाव प्रकट गर्दछ भन्नुहुन्छ । यसरी हेर्दा साइनोको मूल भाव सकारात्मकता नै हो किनभने साथी र इष्टमित्रको सम्बन्ध सधैं सकारात्मक हुनुपर्छ भन्ने नेपाली मान्यता छ ।

साइनो नेपाली कविता साहित्यको उपविधा हो भने गद्यकविताको एक विधा हो । यो नेपाली मनको नेपाली माटोमा उम्रिएको बिरुवा हो । यसले छोटो समयमा नेपाली मन छुन सफल भएको देखिन्छ । यो विधाको परिकल्पनाकार, प्रध्यापक तथा वालसाहित्यकार छायादत्त न्यौपाने ‘बगर’ हुनुहुन्छ । यसलाई मन पराएर वा माया गरेर जोडीन आउनुहुने व्यक्तिहरुको संख्या दिनानु दिन बढ्दो छ । तसर्थ यसले राम्रो मलजल पाउने कुरामा विश्वास गर्न सकिन्छ ।

साइनो एक व्याङ्ग्यात्मक कविता पनि हो । यसले समाज, देश र अन्तराष्ट्रिय रुपमा घटेका घटनाहरुलाई चोटीलो व्याङग्यात्मक शैलीमा पस्कन सकिन्छ । यो लघुत्तम र सुत्रात्मक शैलीमा लेख्न सकिने सशक्त र धारिलो हतियार हो जसले भावनात्मक तथा व्याङग्यात्मक माध्यमवाट भाव सम्प्रेषण गर्दछ । राजनितिक तथा सामाजिक विसंगति विकृतिका विषयवस्तुलाई लिएर व्यङग्यात्मक शैलीमा लेखिएका साइनो सिर्जनालाई बढी मन पराएको पनि पाईन्छ । साइनो सिर्जनाको मूख्य लक्ष्यको विषयका छायादत्त न्यौपाने ’बगर’ (नवप्रज्ञापन, पूर्णाङ्क ८७ ) को घोत्ल्याइँ, प्रस्तुतीमा छरित्याइँ, बेथितिलाई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान हो भन्नुहुन्छ । “साइनोले कुनै पनि समाजमा भएका सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनितिक घटनाहरुलाई सकारात्मक वा नकारात्मक दुवै पक्षलाई साहित्यिक माध्यमवाट ओजस्वी भावमा व्याङ्ग्यात्मक शैलीमा पस्कनु र मानवको मनमस्तिष्कमा तरङ्गित गरी मन मुटुमा हलचल ल्याउनु नै यसको मुख्य ध्येय हो ।” साइनोकार सुरेन्द्र शाही । यसका रचनाहरु बढी माक्र्सवादी चिन्तनवाट प्रभावित भएका पाइन्छन् । त्यसैले यसमा प्रगतिशिल विचारको हावी बढी पाईन्छ । “साइनो सकारात्मताको प्रतीक हो । यसका प्रत्येक गुच्छा स्वतन्त्र हुन्छन् । सोझो अर्थमा होस् वा व्यङ्ग्यात्मक किसिमले किन नहोस् सचेतता वा सकारात्मकताको सन्देश प्रवाह गर्नु साइनोको मूल भाव हो भने स्वतन्त्रता, व्यङ्ग्यात्मकता र सकारात्मकता यसका मूख्य विशेषता हुन् ।” महानन्द ढकाल । यसैले यसका छोटो तथा सुत्रात्मक शैली तथा स्वतन्त्रता, व्यङ्ग्यात्मकता र सकारात्मकताले गर्दा आजको व्यस्त समयमा बढी उपयुक्त पनि देखिएको छ । यसलाई रचना गर्न, पढ्न कुनै विशेष ठाउँ र समय चाहिदैन । यसलाई हिड्दा –हिड्दै, थकाइ मार्दा–मार्दै कुनै पनि समयमा रचना गर्न सकिन्छ ।

२.१ परिभाषा
कविता ‘साइनो’ वालक कालमै छ । यसले आफ्नो स्वरुप र परिचयमा पूर्णता ल्याउन सकेको छैन । हुन त कुनै पनि विधाको सवैमान्य परिभाषा बन्न सक्दैन र यो सवैमान्य परिभाषा बन्न नसक्नु नै कुनै पनि विधाको जीवन्तता हो । यसको सैद्वातिक खोजी, विचार र विर्मश भैरहेकोनै छ । विद्वानहरु आ–आफ्नो प्रकट गरिरहेका छन् । यसै सन्दर्भमा साइनोका अभियन्ता तथा साइनोकारहरुले आफ्ना फेसबुक मार्फत टाँस्नु भएका वा विचारकाक्रममा आएका अवधारणालाई यसको परिभाषको रुपमा प्रस्तुत गरिएको छ ।

क) “मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर गहन सूचनासँग सात, आठ र नौ अक्षरे तीन पङ्क्तिमा संरचित स्वतन्त्र अनि समुच्च अर्थदिने कविताको उपविधालाई साइनो भनिन्छ ।”

कति बाठा छौं हामी !
देखासिकी गरे पुग्ने !
फूल टिपेर खुसी हुने ?–छायादत्त न्यौपाने ‘बगर’

ख) “पहिलो सात, दोस्रो आठ र तेस्रो नौ अक्षर समूहका स्वतन्त्र तीनपङ्क्तिका अर्थवान् शब्दगुच्छाहरु सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो ।” :

छुरी छातीमै धस्छ
शत्रु छिमेकमै बस्छ
नाता चेलीबेटीको गाँस्छ ।–केशव ज्ञवाली

ग) “नेपाली वाङ्मयभित्रको कविता÷काव्य विधाअन्तर्गतउपविधाको रुपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९का प्रत्येक गुच्छाले स्वतन्त्र भावलाई क्रमशः कसिलो पार्दै कुनै विषयमाथि गाम्भिर्यताका साथ भावार्थ समेट्दै प्रस्तुत गर्न चाहेको विषयवस्तुलाई विम्ब, लय वा अनुप्रासको मद्दतले शिर्ष बिन्दुमा पु¥याइने एक कठोर, सुललित वा व्यंग्य–प्रधान कसिलो अधिव्यक्ति दिने सिर्जना नै ‘साइनो’ हो । ”:

जन्माएँ प्रान्तहरु
न्वारन गर्ने भएनन्
साइनो भएका टाक्सिए ।–खेमलाल पोखरेल

घ) “थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने तीन पङ्क्तिका शब्दगुच्छाहरुको समूह साइनो हो ।”

डोको नाम्लो हरायो
मुग्लान झ¥यो पाखुरी
शून्य भो डाँडैको चौतारी ।–बालकुमार क्षेत्री

ङ) “साइनो नविनतम् गद्य कवितात्मक विधा हो जसका तीन पङ्क्तिको समग्र अन्तर सम्बन्धवाट पूर्ण साहित्यिक विधाको संरचना तयार हुन्छ ।”

आफन्त भन्ने को हो?
अन्य भनौ कसलाई
खुट्टा तान्ने र बुई चढ्ने ।–हरि आत्रेय

च) “सुख दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भ¥याङ बनेर घचघच्याइरहने पवित्र नातेदारको नाम नै साइनो हो ।” :

अँध्यारो छ मझेरी
रित्तो गाग्री हल्लाउँदै
अनन्त यात्रामा मेलम्ची ।–कृष्ण पौडेल

छ) “कविताका विविध रुपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषणगर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो ।” :

छातीभरि बज्रिँदा
परचक्रीका ती पाउ
असह्य पीडामा छु आज ।–सीता सुवेदी पन्थी

ज) “साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षरसंरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र बिशिष्ट अर्थ दिन्छ ।”:

बुढ्यौलीको सहारा
बिर्सिए दुधको भारा
उम्रे पखेटा पुगे टाढा ।–धतानन्द शर्मा

झ) “नेपाली संस्कार, संस्कृति र परम्परा आुसार नेपाली माटोमा जन्मिएको सकारात्मक भाव सम्प्रेषण गर्ने कविताको उपविधा नै साइनो हो ।”

जिताहा छ प्रवृति
छोड्छ संस्कार संस्कृति
मान्छेका अनेक आकृति ।–महानन्द ढकाल

ञ) “शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात,आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ ।”ः

संवेदनशीलता
मानव अस्तित्व चेत
सभ्यताको अनन्त गति ।–बाबुराम न्यौपाने ‘उत्स’

ट) “लधुत्तम सूत्रात्मक शैलीमा लेखिने एउटा नेपाली मौलिक सशक्त र धारिलो हतियार हो जसले स्वतन्त्र भावनात्मक तथा ब्यङ्यात्मक शब्दशैलीका माध्यमवाट सकारात्मक भाव सम्प्रेषण गर्दछ ।” :

पूजा गर्छ मानिस
आत्मा निचोर्छ मानिस
खरानी उड्छ मानिस ।–सुरेश काफ्ले ‘विदारक’

यी माथिको परिभाषाहरु तथा अवधारणले साइनोका निम्न आवश्यक विशेषताहरुलाई संकेत गर्दछ :

१. नेपाली मौलिक सिर्जना हो ।
२. यो सात, आठ र नौ को तीन भिन्न र स्वतन्त्र तथा समुच्य अर्थयुक्त पङ्क्तिमा रचना गर्दछ ।
३. यो लधुत्तम सुत्रात्मक हुन्छ ।
४. यसमा व्यङ्यात्मक भाव वढी प्रबल रहन्छ ।
५. यो आख्यान विहीन रचना हो ।
६. अर्थमा व्यापकता, साङ्केतिक भाव, स्वतन्त्रता तथा सकारात्मकता
७. यसले स्वतन्त्रता, सकारात्मकताका साथमा पूर्ण तथा विशिष्ट अर्थ दिन्छ ।

माथिको बुँदाहरुलाई हेर्दा यो प्रगतिशीललाई प्रश्रय गर्ने लद्युत्तम सुत्रात्मक बिशेष भन्ने बुझिन्छ । यसले गर्दा यसको आयाम पनि लद्युत्तम सुत्रात्मक र भाषा क्लिष्ट र व्यङ्ग्यपूर्ण हुने गर्दछ । साइनो भनेको बौद्विक भावले मनमस्तिष्कलाई घोच्ने गरी सात, आठ र नौ को तीन भिन्न र स्वतन्त्र तथा समुच्य अर्थयुक्त यसको सैद्वातिक खोजी, विचार र विर्मश भैरहेकोनै छ । यसै सन्दर्भमा साइनोका अभियन्ता तथा साइनोकारहरुले आफ्ना फेसबुक मार्फत टाँस्नु भएका वा विचारकाक्रममा आएका अवधारणालाई यसको परिभाषको रुपमा प्रस्तुत गरिएको छ । लद्युत्तम सूत्रात्मक नेपाली मौलिक कवितात्मक सिर्जना हो । अझै पनि यसलाई पूर्ण परिभाषामा बाध्न सकिएको छैन । विद्वानहरुद्वारा यसका सिद्वान्त थपिदै र परिष्कृत हुँदै गईरहेको छ । यसले विषयवस्तुमा व्यापकता र संवेगात्मक भावनालाई पनि समावेश गर्न सक्नुपर्दछ ।

२.२ साइनोको रचना प्रक्रिया
साइनो आफ्नै मोलिक रचना प्रक्रिया भएको प्रभावशाली नेपाली सुत्रात्मक गद्य कविता हो । यसलाई पहिलो गुच्छा (पंक्ति) मा सात पूर्ण अक्षर, दोश्रो गुच्छा (पंक्ति) मा आठ पूर्ण अक्षर र तेस्रो गुच्छा (पंक्ति) मा नौ पूर्ण अक्षर सहित जम्मा चौविस अक्षरमा रचना गरिन्छ । ति तीन गुच्छाहरुको आ–आफ्नो स्वतन्त्र अर्थ तथा तिनै गुच्छाको एक समष्टिमा समुच्यअर्थ पनि बहन गर्नुपर्दछ । यसरी रचना गरिएको साइनो सिर्जनाले प्रबल तथा गहन भाव सहित पाठक मनमस्तिकलाई प्रभाव पार्न सक्नुपर्दछ । यसले पाठकको मस्तिष्कमा एउटा नविर्सने छाप छोड्न सक्नु साइनोको सफल सिर्जना हुनेछ ।

“साइनोमा प्रयोग गरिएको सात अक्षरले सात वार (समय प्रवाह) भित्र भए गरेका घटना, आठ अक्षरले आठै दिशाका विषयवस्तु र नै अक्षरले साइनोमा उठान गरेका विषयवस्तुलाई नवरसको माध्यमवाट पाठकमा रस उत्पति गर्ने भन्ने सांकेतिक भाव व्यक्त गर्दछ । यसरी सिर्जना भएको साइनोमा जम्मा ७+८+९=२४अक्षरले प्रत्येक दिनको २४ घण्टाभित्रको विषयबस्तु नै समेटेको हुन्छ भन्ने भाव व्यक्त गर्दछ ।” छायादत्त न्यौपाने ‘बगर’ । यसरी हेर्दा साइनोले कुनै पनि समयको कुनै पनि विषयबस्तुलाई नवरसको स्वादमा व्यक्त गर्न सक्दछ ।

साइनो व्यङ्यात्मक होस् वा भावनात्मक वा संवेगात्मक जुनसुकै अवस्थावाट लेखेपनि यसले गहन भाव सहित पाठक मस्तिष्कमा प्रभाव पार्न सक्नुका साथै “जीवनको मूल्यवोध पनि गराउन सक्नुपर्छ ।” छायादत्त न्यौपाने ‘बगर’ (शब्दाङ्कुर) । यो सन्देशमूलक र सान्दर्भिक हुनु आवश्यक छ । विशेषतः यसले प्रगतिशिल सोचको आधारमा सकारात्मक समाज परिर्वतन तथा मानविय मूल्यमान्यतालाई परिष्कृत गर्दे सुन्दर मानव सभ्यताको विकासमा सन्देशमूलक खवरदारी गर्नु यसको मूख्य रचनागर्भ हो ।

साइनो वाचन गर्दा प्रत्येक शब्दगुच्छको अन्यमा विश्राम वा भाव र विषयले मागे अनुसार पङ्क्ति दोहोराउँदै भाव सम्प्रेषणको आधारमा वाचन गर्नु उत्तम हुनेछ । सन्देश तथा भाव सम्प्रेषणका आधारमा स्वरलाई उच्च, मध्यम र निम्न गर्दै वाचन गरिएमा मिठास तथा बढी प्रभावकारी बनाउन सकिन्छ ।

साइनो रचना गर्दा साइनो नै शीर्षक राख्दै शब्दको चयन तथा भाव अनुसार प्रश्नवाचक (?), पूर्णविराम (।) र विस्मादिवोधक (!) चिन्ह राख्न सकिन्छ । यसको अन्तिममा पूर्ण विराम तथा विषय प्रस्तुतीले मागेअनुसार अन्य स्थानमा पनि अन्य चिन्हको प्रयोग गर्न सकिन्छ । साइनोकार तथा अभियन्ता खेमलाल पोखरेल भन्नुहुन्छ–“भर्खरै नेपाली साहित्य फाँटमा उदाएको काव्य कविता विधाको उपविधाको रूपमा प्रसारित भइरहेको तीन पंक्ति गुच्छामा ७ , ८ र ९ अक्षर समूहमा मनका भाव व्यक्त गरिने , पूर्णरूपले नेपाली माटोमा जन्मी हुर्कने क्रममा रहेको, ’साइनो’मा यसको प्रत्येक गुच्छामा सम्प्रेषित भावले मागे अनुसार पहिलो र दोस्रो गुच्छामा अल्पविराम(,), अर्धविराम, विस्मयादिबोधक ( !) , प्रश्नवाचक (?) मध्ये कुनै एकको प्रयोग गर्न सकिने छ । तर अन्तिम गुच्छामा भने गुच्छाको भावका साथमा समग्र साइनोको चरमोत्कर्ष हुने हुँदा पूर्ण्विराम, विस्मयादिबोधक वा प्रश्नवाचकमध्ये आवश्यक जुन ठहर्छ त्यही प्रयोग गर्न सकिने भए तापनि साधारणतया पूर्ण्विरामको प्रयोग गरिए राम्रो हुने जस्तो लाग्छ ।”

उदाहरणका लागि निम्न साइनोलाई हेरौँ ।

सुसङ्गकामना
विषाङ्कुरित समाज
हा ! एक्लो वृहस्पति झुट्ठा ।–छायादत्त न्यौपाने ‘बगर’

हुन्छ, हुन्छ हजुर
म तपाइकै सेवामा
इ, हेर्नु त डाडुपनियो !–छायादत्त न्यौपाने ‘बगर’

के भो, के भो भन न !
बस्यौ सीमा सुल्झाउन ?
कि त जनता जिल्याउन ।–खेमलाल पोखरेल

२.६ साइनाको सर्जकहरु
पर्याप्त देशी तथा विदेशी नेपाली साहित्यिक व्यक्तिहरु पाएर साइनो गतिशील बनेको पाईन्छ । “केही साइनो कविता सार्वजनिक भएपछि केशव ज्ञवाली र छायादत्त न्यौपाने ‘बगर’वाट मेसेन्जर प्रविधिबाटै आपसमा छलफल गरेर सहमति भए अनुरुप अलि व्यापक रुपले अघि बढाउने प्रयत्न गरिएको हो ।” छायादत्त न्यौपाने ‘बगर’ (अग्निचक्रः पुष, २०७६) । हाल यसको अनुयायी भई फेसबुक तथा विविध पत्रिका मार्फत छायादत्त न्यौपाने ‘बगर’, केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, वालकुमार क्षेत्री, हरिप्रसाद चौलागाई, उद्घवप्रसाद प्याकुरेल, सुरेश काफ्ले विदारक, सु्रेन्द्र शाही, आकाश पौडेल, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, शम्भुराम जोशी, सविता भट्टराई, मिना डाँगी, हरिभक्त पौडेल, विष्णु पादुका, महानन्द ढकाल, सीता पौडेल, घन थापा, शम्भुराम जोशी, कमला भण्डारी ढकाल, प्रमोद भट्टराई, चिरञ्जीवी ढकाल, आर्त आकुलिन, बद्री उप्रेती, लालचन्द्र लम्साल, विनोद नेपाल, चेतनारायण शर्मा, शोभाकान्त रिजाल आदि लगायत धेरै स्रष्टाहरु साइनो रचना तथा लेखहरुमा साधनारत हुनुहुन्छ । यसै गरी विविध ( अघिल्लो ÷ पछिल्लो ) समयमा आएर साईनो रचना गर्नुहुनेमा धवन्तरी मिश्र, निरन्जना चन्द, सन्तोष खत्री, शान्ति अधिकारी पोखरेल, थमन थापा मगर, हुम गुरुङ्ग, देवि गौतम, सीता शर्मा, वलराम सुबेदी, पशुपती राई, आर्त आकुलिन, चिरञ्जीवी ढकाल, शान्ति अधिकारी, हेम खड्का, दुर्गा सारु, हेमन्त तिवारी, मिरा ज्ञवाली, कविता मगर, लक्ष्मीनारायण जोशी श्रेष्ठ, रोमा लम्साल, राजेन्द्रकुमार बज्राचार्य, सिता शर्मा,चन्द्रवती अधिकारी, सोमनाथ लुईटेल रवि,पसपति राई, हम गुरुङ्ग, बलराम सुवेदी, गिरीराज डल्लाकोटी, उद्वव पोखरेल, निमन डि सी, थोमस थापा, सुरेश कुमार पाण्डे लगायतका साइनोमा साधनारत रहेको पाइएको छ । यसले यति छोटो यति धेरै पाठक र सर्जक प्राप्त गर्नु चानचुने कुरो होइन । ‘साइनोको पास्निको लागि मान्य हुने उमेर नपुग्दै पर्याप्त लोकप्रियता हासिल गरेको छ ।’ छायादत्त न्यौपाने ‘बगर’ (शब्द संयोजनः पूर्णाङ्क १८८, पुष २०७६) । यसको लेखनमा स्वतन्त्रता, रस तथा लयमा व्यङ्ग्यात्मकता र भाव सम्प्रेषणमा सकारात्मकता हुनु आफैमा सफल देखिन्छ । यसरी सर्जकको बाढी आउनु र यसले ति सर्जकका बिचमा लोकप्रियता कमाउनुमा यसको रचना विधान र यसले सम्प्रेषण गर्ने प्रवल भाव पनि हो ।

३. साइनोका तत्वहरु
साइनो कविता साहित्यको एउटा उपविधा हो र यसको रचनाको लागि चाहिने घटक नै तत्व हो । यसले निश्चित स्वरुप र आकार दिन्छ । तसर्थ साइनोको समग्र स्वरूपबारे जानकारी राख्न त्यसका विविध रूपहरू तथा तिनको निर्माणका निश्चित प्रयुक्त घटक उपघटकको आवश्यकता पर्दछ । कुनै पनि कला र साहित्यका प्रमुख संरचक अङ्ग अन्तर्वस्तु र रूप हुन् (पाण्डेय, २०५६ ः ३३) । पूर्वीय संस्कृत साहित्यका विद्वानहरु रस, ध्वनि, अलङ्कार, रीति, वक्रोक्ति आदि तथा पश्चिमी साहित्यका विद्वानहरु विषयवस्तु, भाषाशैली, छन्द, लय, बिम्ब, प्रतीक आदिलाई कविताका आत्मा, शरीर जस्ता तत्व मानेको देखिन्छ । कविताकै उपविधा साइनोमा पनि ती तत्वहरू रहन्छन् नै तर तीमध्ये कुनलाई बढी र कुनलाई घटी महत्त्व दिने भन्ने कुरा मात्र फरक रहन्छ । साइनोका प्रणेता छायादत्त न्यौपाने बगर साइनोका तत्वहरुका बारेमा भन्नुहुन्छ–“कविताकै तत्व साइनोका पनि हुन् । यसको संरचना, भाव र लय विशेष छन् । रस, अलङ्कार, ध्वनि, वक्रोतीले पनि साइनो प्रभावकारी हुन्छ नै । भाषा, उद्देश्य, अझ शिर्षकका कुरा, दृष्टिविन्दु यी त सामान्य मान्नु पर्दछ ।” यसरी हेर्दा यसका कथ्य विषयवस्तु र भाव आन्तरिक तत्व ( अन्तर्वस्तु) हुन् भने भाषाशैली, लय, बिम्ब, प्रतिक आदि बाह्य तत्व (रूप) हुन् । साइनोका निम्ति अन्तर्वस्तुलाई प्रमुख तथा रूपलाई सहायक महत्त्व दिए पनि यी दुबैका बिचको सन्तुलनबाट उत्कृष्ट र सुन्दर साइनो रचिने कुरामा दुईमत रहदैन ।

३.१ आन्तरिक (अन्तर्वस्तु) तत्व
आन्तरिक तत्व (अन्तर्वस्तु) भन्नाले वस्तुतत्व, विषय, विषयवस्तु, कथ्य, , भाव आदि लाई बुझाउने गरिन्छ । यसलाई गौतम (२०४९ : पृ.१२९) ले “अन्तर्वस्तु भनेको केन्द्रीय , बाहिरी सामग्री तथा तिनको सौन्दर्यात्मक मूल्याङ्कन आदिको जैविक समग्रता हो” भनेका छन् । त्यस्तै चापागाईं (२०५४ : पृ.४१) ले अन्तर्वस्तुभित्र तिन वटा तत्व रहेको उल्लेख गरेका छन् र ती हुन् : (१) रचनाकारलाई रचनाका निम्ति उत्प्रेरित गर्ने , (२) रचनामा समावेश गरिएको विषय र (३) चित्रित सङ्घटनाको भावनात्मक र सौन्दर्यात्मक मूल्याङ्कन । यसरी गर्दा साइनोकार (रचनाकार) ले साइनो ( रचना ) रच्दा केही न केही विषयलाई उजागर गरेको हुनुपर्छ । यस विषयमा साइनोकारले जीवन र जगत् सम्बन्धी दृष्टिकोण आफ्ना शब्दमा प्रस्तुत गरेको हुन्छ । त्यसलाई सजाउन साइनोकारले भावना, कल्पना, संवेदना, संवेग, आवेग, खुशी, दुख आदि तत्वहरुको उपयोग सूक्ष्म तरिकाले गरेको हुन्छ ।

३.१.१ भाव र विचार
कविता ‘साइनो’को मूल तत्व भाव वा विचार हो । यसको अनुपस्थितिमा साइनोको कल्पना गर्न सकिन्न । साइनोमा सोझै वा प्रत्यक्ष नभई कलात्मक बिम्बमा सजिएर अभिव्यक्त भएको हुन्छ । यसको उचित संयोजन हुन सके साइनो उत्कृष्ट बन्दछ । यस्तो भाव÷ मानवीय जीवन जगत्का यावत विषयवस्तुलाई अनुभव र अनुभुतिको लयात्मक रागात्मक र कलात्मक निष्कर्षका रुपमा विशेष भाव अर्थ पैदान गर्ने हुन सक्नुपर्दछ । कला होस् वा साहित्य प्रत्येक रचनामा सौन्दर्यको शक्ति पनि हुन्छ र वैचारिक सार पनि हुनु आवश्यक छ भन्ने सिदोरोव (सन् १९८७ ः पृ.१०–११) को भनाइले पनि साइनोमा को महत्त्वलाई देखाउँछ । “साहित्यिक विधामध्ये पनि अधिकतम सौन्दर्यानुभूति पाइने कविता साइनो उपविधामा यस्ता तथा भावहरू जीवन यथार्थका मार्मिक एवं संवेदनात्मक पक्षहरूका साथ अन्तर्घुलित भएर प्रस्तुत भएका हुन्छन् ।” प्रा.डा. यदु नन्दन उपाध्याय । तसर्थ साइनोमा भाव÷लाई मूल मेरुदण्डको रुपमा लिईन्छ ।

३.१.२ विषयबस्तु
आन्तरिक तत्व (अन्तर्वस्तु)को निर्माण गर्ने अर्को महत्त्वपूर्ण तत्व विषयबस्तु हो । साइनो रचनाका लागि छनौट गरिएको वस्तु नै विषयवस्तु हो । एङ्गेल्सले लेखकको दृष्टिकोण जति बढी लुकेको हुन्छ कलाकृतिका लागि त्यो कुरा त्यत्तिकै लाभदायक हुन्छ (माक्र्स–एङ्गेल्स, २०६३ ःपृ.९५) भनेका छन् र “दृष्टिकोणलाई त्यसरी लुकाएर प्रस्तुत गर्ने माध्यम चाहिँ विषय नै हो । यसैले विषय आफैमा विचार होइन बरु विषयमा कविको जीवनदृष्टि अनुरूपको विचार विधान गरी अन्तर्वस्तुको निर्माण कसरी गरिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।” प्रा.डा. यदु नन्दन उपाध्याय । यसो भएकाले विषयलाई हेर्ने र त्यसलाई अन्तर्वस्तुको आयोजनामा सङगठित गर्ने प्रक्रियामा साइनोकारको जीवन दृष्टिको अहम् भूमिका रहने देखिन्छ ।

विषयवस्तु साइनो रचनाको कच्चा सामग्री हो । साइनोकार विषयवस्तु छनौटमा स्वतन्त्र हुन्छ तर त्यसलाई साइनोकोे रूप दिँदा सूत्र उन्ने मात्र होइन आफैमा कलापूर्ण, उपयुक्त, आकर्षण, प्रभावपूर्ण तथा मानवीय सम्बन्धका सूक्ष्म संवेदनात्मक, आवेगात्मक र सौन्दर्यात्मक भावहरूले भरिपूर्ण हुनुपर्दछ । जुन विषयवस्तुले आफ्नो एउटा निश्चित स्वरुप दिनसक्नु पर्दछ साथै कविले जीवन भोगाइका अनुभूतिमय भावहरूलाई व्यवस्थित पार्ने खुबी र धैर्य पनि देखाउनु पर्छ । यसरी अन्तर्वस्तुमा वस्तुगत यथार्थले विषयलाई प्रतिनिधित्व गर्दछ भने रचनाकारको बौद्धिक एवं सिर्जनात्मक व्यवस्था सहित प्रस्तुत गरिएको यथार्थले मनोगत पक्षलाई प्रतिनिधित्व गर्दछ (चापागाईं, २०५४ :पृ.४०) । यस्ता वस्तुगत र मनोगत सिर्जनात्मक कुरा साइनोमा पनि रहेका हुन्छन् । यस्ता विषयवस्तु उपयुक्त, सशक्त र कलात्मक एवं जीवन्त हुनुपर्दछ ।

३.१.३ सौन्दर्यात्मक मूल्याङ्कन
अन्तर्वस्तु अन्तर्गतकै अर्को महŒवपूर्ण निष्कर्षात्मक पक्ष सौन्दर्यात्मक मूल्याङ्कन हो । यसले सुन्दरलाई निरपेक्ष रूपमा नभई जीवनोपयोगितासँग जोडेर हेर्दछ । रचनाले कति हदसम्म सम्मानजनक सम्प्रेषण गर्न सक्दछ भनेर मूल्याङ्कन हुन्छ । जसवाट नै साइनोको प्रभावकारीता बढेर जान्छ । “सौन्दर्य व्यक्ति र परिस्थिति सापेक्ष हुन्छ । सौन्दर्यात्मक मूल्याङ्कनको कुरो कृतिभित्र अभिव्यञ्जित यति कारणले ठिक र गलत छ भन्ने निष्कर्ष दिने कुरा नै हो । यो कुरा आदर्शवादी रचनाहरूमा पनि सत्यपक्षको विजय तथा असत्यपक्षको पराजय मार्फत दिइएको हुन्छ ।” प्रा.डा. यदु नन्दन उपाध्याय । साइनोले मानव जीवनमा प्रभाव पार्न सकेन भने यसको रचना शक्ति क्षिण रहेको र अर्थहिन भएको ठहर्छ ।

३.२ बाह्य (रूप) तत्व
आन्तरिक (अन्तर्वस्तु) तत्वलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्ने संरचनात्मक ढाँचा, आकृति वा बाहिरी रुपलाई बाह्य (रूप) तत्व मानिन्छ । वस्तुतत्वको योजना विन्यास र केन्द्रीय लाई कलात्मक रूप दिँदा प्रयोग गरिने भाषा, बिम्ब, प्रतीक, छन्द, लय, सङ्गीत, अलङ्कार आदि तत्वहरू रूपतत्वमा पर्दछन् (गौतम, २०४९ :पृ.१२९–३०) । रूप बाह्य आवरण मात्र होइन अन्तर्वस्तुको आन्तरिक संरचनाको अभिव्यक्ति समेत हो (चापागाईं, २०५४ः पृ.३७) लुनाचास्र्कीले रूपतत्वको महत्त्व र जटिलताको बोधसम्बन्धमा रूपतत्वको विश्लेषण अन्तर्वस्तुका तुलनामा ज्यादै जटिल हुन्छ (मिश्र, सन् १९७३ :पृ.३९३) भनेका छन् । “यसको मुख्य काम नै अन्तर्वस्तुको कुशल सम्प्रेषण कार्यलाई सघाउनु मानिन्छ ।” प्रा.डा. यदु नन्दन उपाध्याय । यस सन्दर्भमा साइनोका बाह्य (रूप) तत्वसँग सम्बधित प्रमुख तत्वहरूबारे पृथक् रूपमा प्रकाश पार्नु आवश्यक छ र तिनलाई तल प्रस्तुत गरिएको छ ।

३.२.१ भाषाशैली
साइनोमा भाव र भावबाट उत्पन्न हुने अनुभूतिलार्ई प्रभावकारी ढङ्गले व्यक्त गर्ने रूपतत्वको अनिवार्य तत्व भाषाशैली हो । साहित्य भाषाका माध्यमबाट अभिव्यक्त हुन्छ । साइनोको पनि कवितात्मक अभिव्यक्तिको माध्यम भाषा नै हो । साइनोमा प्रयुक्त हुने भाषा सामान्य बोलीचालीको भन्दा विशिष्ट साथै सौन्दर्यपूर्ण हुनुपर्दछ । समीक्षक क्रिस्टोफर कडवेल(सन् १९९० :पृ.१३)ले पनि कविताको भाषा आम जनताको भन्दा ओजपूर्ण हुन्छ भनेका छन् । यस्तो भाषाका वर्ण पद शब्दले रागात्मक लयात्मक लालित्य र माधुर्य संयोजन गर्न सक्नु नै शैली हो । साइनोमा कलात्मक शब्द विन्यास र समग्र कलात्मक संयोजनका अभावमा सुन्दर र प्रभावपूर्ण भाषाको आबश्यकता पर्दछ । जीवन जगतका यथार्थलाई अन्तर्वस्तुमा सजाएर बिम्ब, प्रतीक, अलङ्कार आदि मार्फत अभिव्यक्त गर्न भाषाको भूमिका रहन्छ । साइनोले निम्न वर्गका जनताको सहजबोध र चेतनालाई उठाउन पनि सक्ने भाषिक प्रयोग गर्नु राम्रो हुन्छ । साइनोमा रमणीय अर्थका निम्ति व्यञ्जना, चमत्कारपूर्ण अर्थका निम्ति लक्षणा तथा स्वाभाविक अभिव्यक्तिका निम्ति अभिधा गरी तिनै शब्दशक्तिको प्रयोग गर्न सकिन्छ । साइनोमा जीवन जगत् सम्बन्धी यथार्थताको बोध र उन्नत चेतनाको निर्माणको अन्तर्वस्तुलाई भाषिक घटकका उपयुक्त चयन, सार्थक विचलन तथा सौन्दर्यपूर्ण प्रयोगद्वारा व्यक्त गनुपर्दछ । साइनोकोे भाषा विशिष्ट गद्य र आन्तरीक (लयबद्ध) छन्द हुन्छ । साइनोमा गद्यात्मक भाषाशैली हुन्छ ।

३.२.२ लय विधान
साइनोलाई अन्य विधाबाट भिन्न तुल्याउने भित्री सङ्गितीक अपरिहार्य तत्व लय हो । यो वर्णहरूको उच्चारणको प्रवाह र विरामबाट उत्पन्न हुने सम्मोहनकारी शक्ति हो । यसले लयका माध्यमवाट भावहरुको संयोजन गर्ने गर्दछ । कडवेलका भनाइमा कवितालाई सामान्यभन्दा ओजपूर्ण बनाउनमा पनि लयतत्वको नै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ (कडवेल, सन् १९९० :पृ.१३) । लयको स्वरूप आवृत्तिमूलक हुन्छ र यसको व्याप्ति दिक् र काल दुबैमा रहने मानिन्छ (वर्मा, सन् १९८५ :पृ.५५८) । साइनोमा भित्री लय प्रधान बनाएर लेखिने गद्य कविता हो । यो छन्दमुक्त गद्य कविता भएकाले आन्तरिक लय सङ्गीतको अविच्छिन्नता रहेको हुन्छ । साइनोको लय निर्माणमा प्रचलित अनुप्रास अलङ्कारका साथै श्रुतिरम्य वर्ण निर्मित शब्द, तुलनात्मक रूपमा श्रवणीय रहेका स्वरवर्णको आधिक्य रहन्छ । कडवेलका भनाइमा कवितालाई सामान्यभन्दा ओजपूर्ण बनाउनमा पनि लयतत्वको नै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ (कडवेल, सन् १९९० : पृ.१३) ।

३.२.३ कथन
साइनो रचनागर्दा साइनोकारले कुन स्थानमा रहेर साइनोकार र पाठकका बिच सम्बन्ध स्थापित गर्दै आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने अन्तर्वस्तुको प्रस्तुतिय विधिलाई कथन पद्धति भनिन्छ । यसलाई दृष्टिविन्दु पनि भनिन्छ । साइनोमा प्रथम पुरुष म, हामी सर्वनामको प्रयोग गरेको आन्तरिक दृष्टिीविन्दु हुने गर्दछ जसमा साइनोकारले आफ्ना े वर्णन, आत्मलाप, मनोलाभ, श्रुतिरम्य का आत्म गुञ्जन प्रमुख हुन्छ भने बाह्य दृष्टिविन्दुमा तृतीय पुरुषको सर्वनाम प्रयोग गरिएको हुन्छ जसमा साइनोकारले अकाृको वर्णन गरेको हुन्छ । जुन साइनोकारले बिषयवस्तु बनाउने गर्दछ । साइनोमा मूख्यत यि दुई दृष्टिविन्दुवाट अघि बढेको पाईन्छ ।

३.२.४ संरचना
साइनो रचना गरिने बनोट हो । साइनो संरचक तत्वहरुबाट निर्मित एक विशिष्ट प्रकारको रचना हो जसमा बाहिरी संरचनालाई लय, गुण, तिन पंक्ति पुञ्जमा ७, ८ र ९ का पूर्ण अक्षर गुच्छको संयोजनवाट निर्माण गरिन्छ भने भित्री संरचनामा साइनोकारको कथनको सोझोपना, कलात्मकता, कथनमा स्थुल र सूक्ष्म पद्वतिलाई हेरिन्छ । साइनोको तिन पंक्तिका तिन स्वतन्त्र अर्थ तथा समष्टिमा समुच्य अर्थवोध हुनु सबैभन्दा बढी महत्त्व रहन्छ । यसमा साइनोको मूल कथ्य भाव र मूलको परिणति परिणामबाट निर्मित रुपलाई पनि हेरिन्छ । तसर्थ बिषयवस्तु भाव र को श्रृङ्खला मिलाउनु नै यसको सरचना हो ।

३.२.५ बिम्ब, प्रतीक एवं अलङ्ककार
साइनोलाई आर्कषक र प्रभावकारी बनाउने महत्वपूर्ण तत्व बिम्ब, प्रतीक तथा अलङ्कार पर्दछन् । यी तत्वले साइनोमा व्यक्त गर्न चाहेको मूल कथ्यलाई बुझ्न सजिलो पार्ने, सादृश्य कायम गरेर पाठकको पूर्वस्मृतिलाई ताजा बनाउने र प्रत्यक्ष चित्र वा गहन अभिव्यञ्जना खडा गरेर अभिव्यक्तिलाई भरपर्दाे बनाउने गर्दछन् । यसले साइनोलाई आर्कषण, मनोरम, सुन्दर र कलात्मक बनाएर मूल भावलाई प्रभावकारी तुल्याउँछ । बिम्ब, प्रतीक तथा अलङ्करणले साइनोलाई उत्कृष्ट बनाउन सहयोग गर्दछ ।

(क) बिम्ब
बिम्ब भनेको छाया, प्रतिच्छवि, प्रतिमूर्ति वा शब्दचित्र हो । बस्तुत्वको व्याख्यालाई चाहिने सांकेतिक भाष हो । यसले साइनोमा अथ्र्याउन खोजेको मुख्य भाव, वा घटनालाई अर्को सादृश्य खडा गरेर प्रत्यक्ष वा झलमल्ल पार्दछ । यसले साइनोको मूर्तरुप प्रदान गर्नुको साथै साइनोको अर्थलाई पनि प्रकाश पार्दछ । त्यसैले बिम्बलाई मुख्य अर्थको सहचर प्रतिच्छायाका रूपमा आउने अर्काे सहप्रस्तुत वा सहवर्ती अर्थ (त्रिपाठी, २०५३ पृ.२०) मानिन्छ । यसका माध्यमले छायाँरुप सहितको सौन्र्दय सृष्टि गर्छ ।

(ख) प्रतीक
प्रतीक भनेको कुनै गहिरो अर्थलाई सङ्केत गर्ने साइनोको रुपपरक तत्व हो । यसको शाब्दिक अर्थ अवयव वा चिन्ह हो । कुनै वस्तु÷भावको कल्पना गरी प्रतिबिम्वका रुपमा प्रस्तुत गरिएको वस्तु वा चिन्ह आदिलाई प्रतीक भनिन्छ । यसले शब्दको अभिधेयार्थ वा वाच्यार्थभन्दा भिन्न लक्षार्थ र व्यङ्ग्यार्थलाई प्रतीकात्मक सन्दर्भमा व्यक्त गर्दछ (लुइटेल, २०६२ :पृ.२६६) र साइनोको अभिव्यक्तिलाई गहन, सारगर्भित, प्रभावपूर्ण र सौन्दर्यपूर्ण बनाई यसले विशेष अर्थ प्रतिपादन गर्दछ । एकातिर अमूर्त र अव्यक्त भावलाई भिन्न ढाँचाले मूर्तता दिने काम गर्छ भने अर्का्तिर धेरै शब्द खर्च गरेर भन्नु पर्ने कुरालाई थोरै शब्दमा मिठोसँग भन्दछ (बराल र एटम, २०५६ःपृ.२) । साइनोमा प्रयुक्त प्रतीकहरूको अर्थ शब्दकोशमा नपाइएमा तिनले लिएको ऐतिहासिक, सांस्कृतिक, सामाजिक परम्परा, देश, काल, परिस्थिति एवं कथ्यको सन्दर्भमा गहिरिएर खोज्नु पर्छ । अभिव्यक्त गर्न खोजिएका विषयमा सामान्य भाषाको पहुँच नपुगेको महसुस हँुदा साइनोकार (कवि) ले भावनामा उम्लिएका तरङ्गहरूलाई साक्षात् गर्न खोज्दा प्रतीकको सहारा खोज्दछ (चन्द्रकला, सन् १९६६ : पृ.२) । यसैले मुख्य भावको अभिव्यक्तिमा सघाउने हुनाले साइनोमा प्रतीक पनि महत्त्वपूर्ण स्थान रहन्छ ।

(ग) अलङ्कार
अलङ्कार पनि साइनोको सौन्दर्य अभिवृद्धि गर्ने आभूषण हो । आभूषणले नारीको लावण्य बढे जस्तै अलङ्कारले साइनोको शोभा तथा सौन्र्दयलाई बढाउँछ । भनिन्छ–‘अलंकरति इति अलङ्कारः’ (जो अलंकृत गर्दछ तयो अलङ्कार हो ) । संस्कृत अलङ्कारवादी चिन्तकहरू आगोमा तातोपन भएजस्तै काव्यमा अलङ्कार हुनु पर्छ भन्ने मान्यता राख्दछन् (उपाध्याय, २०३६ : पृ.११४) । साइनोमा अनुप्रास जस्ता शब्दालङ्कारले लयगत श्रुति माधुर्य वा शब्द गाम्र्भीयमा भूमिका खेलेको पाइन्छ भने उपमा, रूपक, दृष्टान्त लगायतका अर्थालङ्कारले काव्यको आन्तरिक सौन्दर्य वा अर्थ गाम्भीर्यमा अभिवृद्धि गरी कवितालाई चमत्कारपूर्ण र आकर्षक बनाउने कार्य गर्दछ । यसका साथै प्रकृतिको मानवीकरण, हास्यव्यङ्ग्यात्मकता, स्वैरकल्पना, उखान, टुक्का आदि तत्वले पनि साइनोको सौन्दर्य निर्माण र अभिवृद्धिमा भूमिका खेलेका हुन्छन् ।

साइनोमा कवितालाई काव्य वनाउने सवै तत्वहरु प्रयोग गरिन्छ । यसमा बिम्व, प्रतिक, रुप, सौन्र्दयता तथा मार्मिक तथा प्रभावशाली शब्द शैलीको प्रयोग अनिवार्य छ । काव्यका सम्पूर्ण अन्तरनिहित अभिलक्षणामा साइनो रचना गर्न सकिन्छ । यसको सम्बन्धमा माथि चर्चा गरिसकिएको छ । तर पनि यसलाई प्रभावशाली र उत्कृष्ट रचना गर्नका लागि संरचनात्मक हिसाबले निन्न तत्वहरुको आवश्यक पर्दछ ।

क) सघनता
साइनोको प्रभाव शक्तिको तौल गहुँगो हुन आवश्यक छ । विषय र शव्द चयनमा ध्यान दिई यसमा गहनता हुनुपर्छ । पढ्दैमा गम्भिर भाव वोकेको चिन्तन मनन योग्य र दर्शनपुर्ण हुनु आवश्यक छ । यसवाट सशक्त प्रवाह हुनुपर्दछ । नौ अक्षरको संरचनामा रचना गरी साइनोले पाठकको काव्यस्वादलाई पूरा गर्दै सन्देश सम्प्रेषणमा प्रभावकारी आवश्यक छ ।

ख) संक्षिप्तता
साइनो लेखनमा संक्षिप्तता र प्रभावकारी गहनता यसको मुख्य विशेषता हो । यो काव्य जस्तो लामो हुदैन । तिन हरफहरुमा ७–८–९ गरी जम्मा चौविस अक्षरमा सिमित रहन्छ । सानो सुक्ष्म भएर पनि प्रत्येक साहित्यिक पाठकको दिमागमा साहित्यिक रसको झड्का दिन सक्नु पर्दछ ।

ग) सूत्रात्मकता
साइनो लेखनमा र भावनाको संयोजन अनिवार्य हुन्छ । यसले दिने छोटो सन्देशको प्रभावकारीता सुत्रात्मकता हुनुपर्दछ । शब्द छनौट र शब्द शक्तिमा सुत्रजस्तो वास्तविक जीवनलाई मार्गदर्शन दिन सक्नुपर्दछ । भावना र वर्णनमात्र पोखिएमा समाज र जीवनशैली प्रभाव पार्न सक्दैन । बुद्धि र ह्दयको संयोजन गरी सुत्रवद्ध तरिकावाट यसको रचना गर्नु पर्दछ ।

घ) चित्रात्मकता
साइनो रचनाको अध्ययन पश्चात पाठकको दिमागमा सौन्र्दय सोचको एउटा चित्र ÷ प्रतिबिम्ब बनाउन सक्नु पनि यसको मुख्य विशेषता हो । जुन बस्तु वा विषयको बारेमा साहित्य लेखिन्छ त्यसले भन्न खोजेको चित्र हाम्रो सोचमा चित्र बनाउन वा प्रभाव पार्न सक्नुपर्छ ।

४. निष्कर्ष
नेपाली साहित्यमा प्रल्लवित जीवन र जगतलाई नजिकवाट नियाल्ने र सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने सूत्रात्मक गद्य कविता साइनो हो । यो सूत्रात्मक बिचको चौविस अक्षरिय कविता पनि हो । बौद्विक भावले मनमस्तिष्कलाई मार्गदर्शन गर्न सक्ने भाषिक तरलता, शैल्पिक सहजता, कथ्यको कलात्मक संरचना, छरितोपना तथा गहनताका साथै अनुभूतिमा तिक्ष्णता रहने सात, आठ रनौ का तीन भिन्न र स्वतन्त्र तथा समुच्य अर्थयुक्त लघुत्तम सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जनात्मक प्रविधा हो । यसका ७, ८, ९ का तीन पंक्तिका आ–आफ्ना स्वतन्त्र अर्थ र समुच्य चौविस अक्षरको एक छुट्टै अर्थ वा भाव दिनु नै यसको मौलिक सैद्वान्तिक पहिचान पनि हो । यसले विहानीले दिनको संकेत गरेजस्तै छोटो समयमा यति धेरै सर्जकको प्रेम पाउन सफल भएको छ । यसको मूख्य कारण यसले चटपट रुपमा मस्तिष्कलाई झङकृत गर्न सक्नु नै हो । थोरैमा धेरै भन्नसक्ने औकात योसँग छ । सुत्रको माध्यमबाट धेरैलाई एकै पटक सूचना सम्प्रेषण गर्न सक्दछ । यो बौद्विक र तार्किक सोचका आधारमा अर्थिन पनि सक्दछ । यसको बहुरुपी भाव र अर्थ संवाहन गर्न सक्ने भएकोले पनि लोप्रियता बढेको कुरामा दुई मत नरहन सक्छ । साईनोले अब संग्लिदै आफ्नो एउटा छुट्टै पहिचान राख्नुपर्छ । यसको इतिहास रच्दै विशिष्ट मानक तयार गर्नु आबश्यकता छ । यसको लागि बहस/विमर्श र गुणात्मक सिर्जनाका अग्रसर हुनुपर्दछ ।

जीवन जगत् सम्बन्धी भावको चोटिलो सुत्रात्मक अभिव्यक्ति दिने साइनाको पहिचनाका आधारभूत तत्वहरु अन्तर्वस्तु तथा रूप रहेका छन् । अन्तर्वस्तुलाई विशिष्ट, रमणीय, प्रभावकारी एवं मार्मिक बनाएर प्रस्तुत गर्न रूपतत्वको आवश्यकता रहन्छ । साइनोको उत्कृष्टतालाई बढाउन चयनपूर्ण, साङ्केतिक र सूत्रात्मक भाषा, श्रुति सुखद, रमणीय एवं हृदय संवेद्य लय विधानको आवश्यकता पर्दछ । त्यस्तै साइनोलाई शक्तिशाली एवं रमणीय बनाउन बिम्ब, प्रतीक लगायत कविता कलाका सौन्दर्यवर्धक साधनहरूको औचित्यपूर्ण उपयोगको आवश्यकता पर्दछ । बिम्ब, प्रतीक र अलङ्कारहरू साइनोकारले व्यक्त गर्न चाहेको मूल भावलाई स्पष्ट पारी चमत्कारपूर्ण एवं आकर्षक बनाउन तथा कलात्मक उत्कर्ष भरी सौन्दर्यपूर्ण बनाउन उल्लेख्य भूमिका खेल्ने तत्वहरु हुन् । त्यस्तै साइनोको संरचनात्मक तत्वहरु सघनता, सुत्रात्मकता, चित्रात्मकता र संक्षिप्तता पनि कम महत्तुवपूर्ण छैनन । यसरी समग्रमा साइनोका प्रभावकारीताको लागि अन्तर्वस्तुलाई शक्तिशाली रूपतत्व मार्फत प्रस्तुत गनुपर्दछ जसले साइनोलाई चिनाउन सहयोग गर्दछ ।

सन्दर्भ सामग्री
उपाध्याय, प्रा.डा. यदु नन्दन(२०७२), ‘प्रगतिवादी कविताको स्वरूप’, …
-कडवेल, क्रिस्टोफर (सन् १९९०), विभ्रम और यथार्थ, अनु :भगवान सिंह, नयी दिल्ली :राजकमल प्रकाशन प्रा.लि.।
-काफ्ले विदारक, सुरेश (२०७६), क्रिमुकःएक अवधारण, सम्पा. सुमी लोहनी, काडमाडौं : शव्द संयोजन (पूर्णाङ्क १७८,फाल्गुन )
-गौतम, देवी प्रसाद (२०४९), प्रगतिवाद : परम्परा र मान्यता, काठमाडौं :श्रीमती मुना गौतम ।
-चापागाईँ, निनु (२०५४), माक्र्सवादी चिन्तनमा सौन्दर्य, ललितपुर : मृदुल महिम चापागाईं ।
-त्रिपाठी, वासुदेव (२०५३), “कविता : विधागत चिनारी”, सम्पा. वासुदेव त्रिपाठी र अरू, नेपाली कविता (भाग ४), दो.सं.,ललितपुर : साझा प्रकाशन ।
-न्यौपाने बगर, छायादत्त(२०७६), ‘नयाँ विधाको सैद्वान्तिक विर्मश’ सम्पा.सुमी लोहनी, काडमाडौं : शव्द संयोजन (पूर्णाङ्क १८८,पुस, )
-न्यौपाने बगर, छायादत्त (२०७६), ‘साइनो सम्बन्धि सैद्वान्तिक विर्मश’ सम्पा.लक्ष्मीनारायण भट्टराई, काडमाडौं : अग्नीचक्र(पूर्णाङ्क १०४, पुस) ।
-न्यौपाने बगर, छायादत्त(२०७६), साइनोको सैद्वान्तिक विर्मश’ सम्पा. नवराज रिजाल, वारा :नवप्रज्ञापन (पूर्णाङ्क ८७, माघ–चैत्र) ।
-पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं : शिला योगी ।
-पोखरेल, खेमलाल (२०७६), ‘साइनो बारे चञ्चुप्रवेश’, सम्पाद…, सुनसरीःब्लास्ट दैनिक
-बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुर : साझा प्रकाशन ।
-माक्र्स, कार्ल र फ्रेडरिक एङ्गेल्स (२०६३), साहित्य र कला, दो.सं., अनुः राजेन्द्र मास्के, सूर्य प्रसाद पौडेल, काठमाडौं : विवेक सिर्जनशील प्रकाशन ।
-मिश्र, भगीरथी (सन् १९९०), काव्यशास्त्र, न.सं., वाराणसी : विश्व विद्यालय प्रकाशन ।
-लुइटेल, खगेन्द्र (२०६२), कविताको संरचनात्मक विश्लेषण, काठमाडौ : विद्यार्थी पुस्तक भण्डार ।
-वर्मा, धीरेन्द्र र अरू (सम्पा.), (सन् १९८५), हिन्दी साहित्यकोश, वाराणसी : ज्ञान मण्डल लिमिटेड ।
-सिदोरोव, ये. (सन् १९८७), साहित्य और सौन्दर्यशास्त्र (बीसवीं शताब्दीका साहित्य १), मस्को ः रादुगा प्रकाशन ।
-शब्दाङ्कुर मासिक लगायत विविघ पत्रिकामा प्रकाशित साइनो सम्बन्धि लेखहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *