खाद्यान्न पसल सञ्चालनमा आउने

कोहलपुर, चैत्र १२,

सरकारले आजबाट खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने भएको छ ।

यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भीड बढेपछि दिनभर पसल खोल्न दिने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अस्ति गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसका कारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।

सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *