कोभिड १९ को शङ्कामा हालसम्म ६ सय १० जनाको नमूना जाँच

कोहलपुर, चैत्र १२,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म ६ सय १० जनाको नमूना परीक्षण भएकोमा २ जनाबाहेक अरुमा कोभिड १९ सङ्क्रमण नभेटिएको बताएको छ ।

फ्रान्सबाट आएकी महिला र केही समय पहिले एक युवामा बाहेक सङ्क्रमण भेटिएको छैन । कोरोना सङ्क्रमण भएका १ जना र आशङ्का गरिएका अन्य १५ सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी छन् ।

त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने ५ जना आइसोलेसनमा रहेका छन् । सरकारले यसअघि विदेशबाट आएका वा तिनका नजिकका व्यक्तिहरूको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई सङ्क्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगीहरू र सघन उपचार कक्षमा रहेकामा फ्लुको लक्षण देखिएका बिरामीको नमूना सङ्कलन गरी परीक्षण सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *