स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान

कोहलपुर, चैत्र १२,

सरकारले कोरोना सङ्क्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ । निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको हो ।

अहिले चिकित्सकहरूले व्यक्तिगत सुरक्षाका साधन (पीपीई), एन ९५ मास्क लगायत सुरक्षा उपकरण नपाउँदा कोरोनाको शङ्कास्पद बिरामीसमेत जाँच्न नसक्ने अवस्था छ । सरकारले पीपीई भएको बताए पनि चिकित्सकले अहिलेसम्म पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *