सङक्रमित युवतीसँग एउटै जहाजमा फर्कनेहरूलाई सम्पर्कमा आउन आग्रह

कोहलपुर, चैत्र १२,

कोभिड–१९ बाट सङ्क्रमित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत युवतीसँग एउटै जहाजमा फर्कनेहरूलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीलाई कोरोना भएको पुष्टि भएसँगै सम्भावित जोखिम हुन नदिन उनीसँगै यात्रा गर्ने यात्रुलाई सम्पर्कमा आउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको हो । सङ्क्रमित भएकी युवती सवार विमानमा १ सय ५८ जना रहेको खुलेको छ ।

उनीहरूमध्ये १ सय २५ जनासँग सम्पर्क भएको छ र अरूलाइ पनि सम्पर्कमा आउन र आँफै घरमा क्वारेन्टाइनमा बस्न महाशाखाका प्रमुख डा बासुदेब पाण्डेले आग्रह गरे । गत आइतबार कोरोना भएको पुष्टिभएसँगै अस्पतालमा उपचाररत ती युवतकिो अवस्था भने सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *