कर्णाली प्रदेश सरकारको निःशुल्क हटलाइन सेवा

कोहलपुर, चैत्र १२,

नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा सुरु गरेको छ ।

हिजो बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । कार्यकारी समितिका संयोजक तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा सुरु गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *