भारतमा २१ दिन लकडाउन कार्यान्वयनमा

कोहलपुर, चैत्र १२,

भारतमा तीन साता लामो लकडाउन सुरु भएको छ ।

हिजो साँझ जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गर्नुभएको हो । लकडाउन गएराति मध्यरातबाट लागु भएको प्रधानमन्त्री मोदीले बताउनुभयो । आफूले प्रधानमन्त्रीको रुपमा नभइ जनताको परिवारको सदस्यका रुपमा भनिरहेको उहाँले बताउनुभयो । २१ दिनका लागि बाहिर ननिस्किन र घरमा नै बस्न उहाँले आग्रह गर्नुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्वास्थ्य विज्ञहरूले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने बताएको पनि उहाँले जानकारी दिनुभयो । भारतमा कोभिड १९ को सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *