लकडाउनको नीति कोहलपुरमा सफल

कोहलपुर, चैत्र १२,

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको महामारीबाट जोगिन स्थानीय सरकारले अख्तियार गरेको लकडाउनको नीति कोहलपुरमा सफल भएको छ ।

मानिसहरुलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने नगरपालिकाको निर्णयलाई जनताले स्वीकार गरेका छन् । कोहलपुर क्षेत्र समग्र रुपमा बन्द रहेको छ । मङ्गलबार र बुधबार बिहानदेखि अत्यावश्यक सेवा सञ्चालनका सवारीसाधन बाहेकका अन्य सवारीसाधन सञ्चालन भएको देखिएन ।

कोहलपुरमा मङ्गलबार बिहानको दृश्य लगभग कर्फ्युको जस्तै देखिएको थियो भने बुधबार पनि सम्पूर्ण बजार बन्द रहेको छ । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रुपमा सरकारबाट भएको आदेश हो । माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घरबाहिर ननिस्कन आग्रह गर्दै हिँडेको देखिन्थ्यो । सडकमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ भने सवारीसाधनको र परिचयपत्रको जाँचलाई पनि कडाइ गरिएको छ । फाटफुट सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना सङ्क्रमणको बिरामी फेला परेपछि थप सङ्क्रमण नफैलियोस् भनि सोमबार नगरपालिकाले सङ्क्रामक रोग ऐन २०२० अनुसार एक हप्ताका लागि देशभर लकडाउनको घोषणा गरेको हो । मङ्गलबार बिहान ६ बजेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *