टोकियो ओलम्पिक एक वर्षसम्म स्थगित हुने

कोहलपुर, चैत्र ११,

यसै वर्ष आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने बताउनुभएको हो । ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको भनाइ बाहिर आएको हो ।

अष्ट्रेलिया र क्यानाडाले यसअघि नै टोकियो ओलम्पिकमा आफूहरु सहभागी हुन नसक्ने बताइसकेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगिताको विषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *