राजापुरका किसान चैते धान रोप्न व्यस्त

कोहलपुर, चैत्र ११,

बर्दियाको राजापुर नगरपालिकाका किसानहरू यतिबेला चैते धान रोप्न व्यस्त छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत तीन बर्षदेखि राजापुरमा धान सुपरजोन कार्यक्रम सञ्चालन भइरहेको छ । यो बर्ष करिब एक हजार हेक्टरमा किसानले चैते धान लगाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुपरजोन कार्यक्रम आएपछि किसानहरू चैते धान खेतीमा आकर्षित भएका हुन् ।

राजापुर ७ का स्थानीय पहाडी थारु कार्यक्रम अन्तरगत पाएको अनुदानले पहिलो वर्षमै राम्रो नतिजा दिएपछि खुशी हुनुहुन्छ । चैते धान हिउँदे भन्दा धेरै उत्पादन हुन्छ । यसको बिउ पुष वा माघ महिना भित्रमा राखि सक्नुपर्ने हुन्छ । तर यो समयमा चिसोका कारण बिउ जोगाउन भने मुस्किल हुन्छ । चिसोको समयमा बिउ र भित्र्याउने समयमा मनसुनबाट जोगाउन सके प्रतिफल राम्रो लिन सकिने किसानहरू बताउँछन् ।

राजापुर नगरपालिकामा करिब ६५ हजार जनसङ्ख्या छ भने एक सय ९७ कृषक समूह तथा सहकारी छन् । राजापुरका करिब दुई हजार कृषकले चैते धान रोप्ने काम गर्दछन् । राजापुरमा मात्रै प्रत्येक बर्ष ४ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *