कालोबजारी गरेको भेट्ने बित्तिकै कार्वाही गर्छाैं : उपप्रमुख थारु

कोहलपुर, चैत्र १०,

कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी थारुले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई कार्वाही गर्ने चेतावनी दिएकी छिन् ।

सोमबार उपप्रमुख थारुले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताईन् । व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव हुन सक्ने उनको भनाई छ ।

थारुले बजारमा दैनिक उपभोग्य वस्तु, औषधी, खाना पकाउने ग्याँसको कृतिम अभाव सिर्जना नगर्न सबै सरोकारवालानिकायलाई आग्रह गरिन् । उनले भनिन्–‘कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनौं । त्यस्तो भेट्ने बित्तिकै थुनेर कारवाही गर्छौं । जहाँसुकैबाट दबाब आए पनि छाड्दैनौं ।’ उनले अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताईन् ।

थारुले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गरिन् । साथै कारोना भाईरसका बारेमा अफवाह फैलाउने भ्रामक प्रचार प्रसार गर्नेलाई पनि कार्वाहीको दायरामा ल्याउने इआवाजलाई बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *