क्वारेनटाइन र आइसुलेसनको ब्यवस्था गर्न स्थानीय सरकारसँग नेकपाको माग

कोहलपुर, चैत्र १०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले प्रेस विज्ञप्ती जारी गरेको छ ।

कोहलपुरमा क्वारेनटाइन र आइसुलेसनको ब्यवस्था गर्न स्थानिय सरकारसँग माग गर्दै प्रस विज्ञप्ती जारी गरेको हो । कोरोना भाइरसको शंका लागेका बिरामीलाई राख्न उपयुक्त स्थान नभएको उल्लेख गर्दै क्वारेनटाइन र आइसुलेसनको ब्यवस्था गरि सार्वजनिक गर्न नेकपाले माग गरेको हो ।

दैनिक उपभोग्य सामाग्री, खाना पकाउने ग्याँस तथा मास्क लगाएतका बस्तुहरुमा कालाबजारी भएको सुनिन आएकोले स्थानिय सरकार र कोहलपुर उधोग व्यापार बजार अनुगमन गरि कालोबजारी रोक्न तथा कालोबजारी गरेको पाइएमा कडा कारवाही बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

अत्यावश्य सामाग्रीमा कालो बजारी भएको भन्ने खबर प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै पार्टिले कोहलपुर नगर पालिका अन्तर्गत वडा न १ देखि १५ सम्म सम्बन्धि वडाका पार्टीका वडा अध्यक्ष र सचिवले कोरोनाका लक्षण तथा यसबाट बाट बच्न अपनाउनु पर्ने सुरक्षित उपाएका बारेमा वडा क्षेत्रमा माइकिङ्ग गर्न निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *