भारतीय क्वारेन्टाइनबाट २ जना नेपाली फरार

कोहलपुर, चैत्र १०,

भारतीय क्वारेन्टाइनबाट २ जना नेपाली फरार भएका छन् ।

दाङका विष्णु चौधरी र भरत चौधरी भारतीय क्वारेन्टाइनबाट फरार भएका हुन् । उनीहरु जमुनाहा नाकाबाट भित्रिन सक्ने भएकोले बाँके प्रहरीेले सतर्कता हपनाएको छ । नाकाबाट भित्रिन सक्ने भन्दै प्रहरीले निगरानी थालेको हो ।

उनीहरुको बाँके प्रहरीले नाकामा कडा निगरानी गरिरहेको छ । चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाकाबाट नेपाल प्रवेश गरे खुल्न सकेको छैन । प्रहरीले कृष्णनगर र रुपईडिहा नाकामा निगरानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *