नेपालगन्जमा २४ घण्टा मै ४० बेडको अस्पताल तयार

कोहलपुर, चैत्र १०,

बाँकेको नेपालगन्जमा २४ घण्टा मै ४० बेडको अस्पताल तयार पारिएको छ ।

कोरोना भाइरस बिरुद्धको जिल्ला स्तरीय समन्वय समितिले अस्पताल तयार पारेको हो । खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन कक्षमा परिणत गरिएको हो । कोरोना संक्रमणको जोखिम बढेकाले २४ घण्टामै आइसोलेशन वेडसहितको अस्पताल तयार गरीएको छ ।

अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीलाई उपचारका लागि राखिनेछ । कोरोना भाइरसको संक्रमण बढेसँगै यातायात व्यवस्था कार्यालय बाँकेले आफ्ना सबै सेवाहरु बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *