चलचित्र प्रेम गीत ३ को टिमद्धारा काठमाण्डौमा ११ हजार मास्क वितरण

कोहलपुर, चैत्र १०,

नेपाली चलचित्र प्रेम गीत ३ को टिमले काठमाण्डौका विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न तथा रोकथामका लागि निशुल्क मास्क वितरण गरेको हो । काठमाण्डौंको कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा ११ हजार नागरिकलाई निशुल्क मास्क वितरण गरिएको चलचित्र निर्देशक सन्तोष सेनले बताए ।

निर्माता सेनले यस्तो कठिन परिस्थितिमा आफू र प्रेमगीत–३ का सम्पूर्ण टिम जुनसुकै अवस्थामा सरकारलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताए । उनले भने हामी यो देशको जिम्मेवार नागरिक हौं । यसैको नाताले नाताले संकटमा परेको बेला सानो सहयोग गरेका हौं ।’ उनले कोरोनाको संक्रमण नफैलियोस् भन्ने कुरामा सचेत रहन, सजग बन्न र अरुलाई पनि सजग राख्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *