सोमबारदेखि कोहलपुर बजार बन्द

कोहलपुर, चैत्र १०,

सोमबारदेखि कोहलपुर बजार बन्द गरिएको छ ।

कोरोना भाईरसको त्रास बढेसँगै कोरोनाको संक्रमणबाट बच्न तथा रोकथामा लागि बजार बन्द गरिएको छ । आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा सर्वपक्षिय बैठक बसि कोहलपुरलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

विश्वब्यापी रुपमा फेलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्न सोमबारदेखी १ महिना कोहलपुर बजार बन्द हुने भएको छ । यो १ महिनाको अवधिभर कोहलपुर नगरक्षेत्रभित्रका सम्पूर्ण पसल ब्यवसाय बन्द हुने भएका छन् । नगरवासीको सुविधाकालागि हरेक दिन बेलुका ४ बजेदेखी ६ बजेसम्म खाद्यान्नका पसलहरु भने संचालन गरिने नगरपालिकाले जनाएको छ ।

मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु भने संचालन हुने छन् । लकडाउनको समयमा छोटो दुरीका सवारी साधन संचालनमा आउने भएका छन । बजार बन्द भएसँगै कोहलपुरमा मानिसहरुको चहलपहल निकै पालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *