कोरोनाबाट बच्न सचेत र सतर्क रहन नगर प्रमुख रावतको आग्रह

कोहलपुर, चैत्र १०,

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोरोना भाइरसबाट बच्न सचेत र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा बसेको सर्वपक्षिय बैठकमा सम्बोधन गर्दै नगर प्रमुख रावतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सतर्क र सजग रहन आग्रह गरेका हुन् । रावतले कोरोनाका संका लागे वा लक्षण देखेमा चिकित्सक, स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसरण गर्न अपिल गरे ।

घर बाहिर सकेसम्म ननिस्कन उनले आग्रह गरे । उनले भने,–‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा कोहलपुर पनि रहेको छ । त्यसका लागि सतर्कता अपनाउनका लागि आग्रह गर्दछु ।’ उनले संकटको यस घडीमा संघ, प्रदेश सरकार र पालिकाहरुको लागि समेत चुनौती भएकाले सबै नागरिकहरु एकजुट भइ संकटको सामना गर्नुपर्ने धारणा व्यक्त गरे । उनले विद्यालय, बढी आवतजावत हुने स्थान, भिडभाड जस्ता कार्यक्रमहरुमा सचेतनाका साथ उपस्थित हुन तथा मास्क लगाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *