कोरोना भाइरसप्रति सावधानी अपनाउन ताजाँकोटमा घरदैलो कार्यक्रम

कोहलपुर, चैत्र ९,

ताजाँकोट गाउँपालीकाले सबै स्वास्थ्य चौकी र स्वास्थ्य ईकाईमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सेवा प्रभावहमा खटिन निर्देशन दिएको छ ।

सारोकारवाला निकायसँग हिजो बसेको संयुक्त बैठकमा अत्यावश्यक बाहेकका काममा मात्रै जान र सम्बन्धित क्षेत्रमा सेवा प्रभाव गर्न आग्रह गरेको हो । बैठकले विश्वभर फैलिएको कोराना भाइरसको सावधानी अपनाउन र स्वास्थ्य शाखाको स्टोरमा अपुग औषधि स्वास्थ्य शाखालाई तत्काल खरिद गर्न तथा सचेतनाको लागि घरदैलो अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यसका लागि प्रत्येक वडाका वडा अध्यक्षको नेतृत्वमा सम्बन्धित स्थानमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कोरना भाइरस सचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र श्याङ्कुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *