स्वामीकार्तिक खापर गाउँपालिका पूर्ण साक्षर घोषणा

कोहलपुर, चैत्र ९,

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका पाँचौ स्थानीय तहको रुपमा पूर्ण साक्षर गाउँपालिका घोषणा भएको छ ।

२०७६ भित्र देशलाई नै साक्षर घोषणा गर्ने कार्यक्रम अन्तर्गत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका पाँचवटै वडा साक्षर घोषणा गरिएपछि हिजो एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीको अध्यक्षतामा ‘साक्षर जनता, सुन्दर भविश्य’ भन्ने नाराका साथ शुरु भएको कार्यक्रममा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख दयाराम जोशीले गाउँपालिकामा १५ वर्षदेखि ६० वर्षसम्मका ८ हजार ३ सय ६६ जना मध्ये ८ हजार २ सय ६५ अर्थात् ९९.१० प्रतिशत व्यक्ति साक्षर रहेकाले गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *