जिल्ला कारागारमा खानेपानीको समस्या

कोहलपुर, चैत्र ९,

जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ ।

जयपृथ्वी नगरपालिकामा पर्ने जिल्ला कारागारमा खानेपानीको समस्या हुँदा खान, सरसफाई गर्न र खाना पकाउन समेत समस्या हुँदै आएको छ । (ङ) श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा क्षमताभन्दा बढी थुनुवा र कैदीहरू भएकाले खाना तथा सरसफाइ गर्न पानि अपुग हुने गरेको छ । २५ जनाको क्षमता रहेको कारागारमा ४२ जना कैदि बन्दी र १७ जना थुनुवा रहेका छन् ।

सुरक्षाकर्मी गरेर ८० जनाभन्दा बढी कारागारमा बस्ने गरेका छन् । खाना पकाउनकै लागि तयारी गरेर पानि भर्न लागेमा एक जनाले २४ घन्टा खानेपानीकै काम गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *