अपरान्ह पछि सामान्य बदली र वर्षाको सम्भावना

कोहलपुर, चैत्र ९,

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानीय वायूको समेत प्रभाव रहेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

अपरान्ह पश्चात देशका केहि स्थानहरूमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशको पूर्वी र मध्य भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अपरान्ह पश्चात देशका केहि स्थानहरूमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्गसहित वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *