अन्तराष्ट्रिय उडान बन्द, लामो दूरीका सवारी भोलीबाट नचल्ने

कोहलपुर, चैत्र ९,

कोभिड १९ नेपालमा आउन नदिन सरकारले आईतबारदेखि अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको छ ।

अत्याआवश्यक बाहेक सबै निजि तथा सरकारी कार्यालय पनि २१ गतेसम्म बन्द हुने भएको छ । लामो दुरीका सार्वजनिक यातायात सेवा भने भोलीबाट मात्रै बन्द हुने छ । ट्राफिक प्रहरीका अनुसार दुईसय ५० किलोमिटर सम्मका दूरीमा सवारीसाधन चल्नेछ भने त्यो बढिका (लामो दूरीका) सवारी साधन चल्नेछैन ।

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट नेपाल आइपुगेका ६३ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्यारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *