कोल्टी बजार अनुगमन नहुदा अत्यावश्यक वस्तुको मुल्य आकासियो

कोहलपुर, चैत्र ९,

उद्योग वाणिज्य संघ कोल्टीले कोरोना भाईरस बाट जोगिन सर्तकता अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

उद्योग बाणिज्य संघ कोल्टीको आह्वानमा बसेकोे बैठकले बजार क्षेत्रमा सरसफाई गर्न आग्रह गरेको छ भने ब्यापारीहरुलाई सामानको कृतिम अभाव गराएर मूल्य बृद्धि नगर्न आग्रह गरेको हो । उद्योग बाणिज्य संघ कोल्टीले संकटको समयमा सामानको मूल्य बृद्धि गर्ने र कालो बजारी हुन सक्ने भन्दै कोल्टी बजारमा अनुगमन समेत गर्ने निर्णय गरेको जनाएको छ ।

हाल विश्वमा कोरोना भाइरसको संक्रमण बढेको र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला समेत उच्च जोखिममा रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *