कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह

कोहलपुर, चैत्र ९,

सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा हिजो बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिको बैठकले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो । बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *