लोकप्रिय गायक प्यासीको नयाँ गीत बजारमा

कोहलपुर, चैत्र ९,

चर्चित तथा लोकप्रिय गायक नरेन्द्र प्यासीको नयाँ गीत बजारमा आएको छ ।

नौ डाँडा पारी त्यो माया छरी पिरती टाढाको बोलको नयाँ गीत बजारमा आएको हो । संगीतकार सन्तोस श्रेष्ठको संगीतमा गायक प्यासीले आफ्नो कर्णप्रीय स्वर भरेका छन् । गीतको भाब अनुसारको भिडियो पनि तयार भएको छ ।

सुरेश घिमिरे, स्नेहा भट्टराई र खेम खनालले भिडियोमा अभिनय गरेका छन् । अर्जुन सापकोटाले छायांकन गरेको भिडियो जीवन टन्डनले सम्पादन गरेका हुन् । भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन् । एक दशक भन्दा लामो समय देखि यहि क्षेत्रमा सक्रिय सापकोटाले झन्डै १०० हाराहारीमा भिडियो निर्देशन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *