नेपाल–भारत सीमा नाका रुपैडिया बन्द

कोहलपुर, चैत्र ९,

बाँकेको नेपाल–भारत सीमा नाका रुपैडिया आईतबारदेखी बन्द भएको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्न तथा यसको राकथामका लागि नेपालगन्जस्थित जमुनाह नाका बन्द गरिएको हो । कोरोना भाईरस हाल विश्वब्यापी रुपमा फैलिरहेको छ । नेपाल र भारततिय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाह नाका एक हप्ताका लागि बन्द गरिएको हो ।

आईतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख बिर बहादुर वली, शसस्त्र प्रहरी गुल्म ३० नं. गणका प्रहरी उपरिक्षक दिपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी सम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा बिच नाका बन्द गर्ने विषयमा दुईपक्षिय छलफल भएको थियो । छलफलबाट सीमा नाका बन्द गर्ने सहमती भएपछि नाका बन्द गरिएको हो ।

सवारी साधनमा भने शुक्रबारदेखी नै रोक लगाई सकिएको थियो । तर पैदल यात्रीहरु भने ओहोरदोहोर गरिरहेका थिए । सिमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन संचालन हुन पाउने छैन । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *