प्रविधिको विकासमा बान्नीगढी जयगढ गाउँपालिका अघि बढ्दै

एकेन्द्र महता, अछाम,
कोहलपुर, चैत्र ९,

कागजि रुपमा मात्रै हुने काम अहिले अनलाईन मार्फत हुन थाले पछि सहजता भएको छ ।

बान्नगढी जयगढ गाउँपालिकामा पहिले सबै कामहरु कागजि रुपमा मात्रै हुने गर्दथे । तर पछिल्लो समय प्रविधिका कारण कागजि रुपमा काम कम भएर अनलाईन मार्फत हुने गरेका छन् । मालिका विकास संघद्धारा सञ्चालित शुसासन परियोजनाले सहयोग गरेपछी सहजता भएको बान्नीगढी जयगढ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुंगानाले बताए ।

उनले सञ्चार र सम्बादको महत्वपूर्ण साधन सूचना प्रविधिको विकास भएसंगै आफूहरुले पनि कागजको कम प्रयोग गरेर अनलाईन मार्फत बढी काम गर्ने गरेको बताए । प्रविधिको विकासमा गाउँपालिका अघि बढिरहेको छ । कोरान भाईरस रोकथामका लागि मेल्लेख गाउँपालिकाका दुई नाकामा हेल्थ डेक्स राखिदै ÷ यस्को भाईरसबाट बच्न चेतनामुलक कार्यक्रमको तयारी भइरहेको अध्यक्ष बोहराको भनाई मेल्लेख गाउँपालिकाको प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना गरिने भएको छ ।

कोरोना भाईरसको रोकथाम तथा फैलिन नदिन गाउँपालिकाको वडा नम्बर ७ नन्देगडा र साँफेबगरको गेटमा हेल्थ डेक्स राखिने भएको हो । यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीमा पनि हेल्थ डेक्स राखिने भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रामण रोक्नका लागि पूर्व तयारी स्वरुप हेल्थ डेस्क स्थापना गर्न लागिएको हो । गाउँपालिकाले औषधि तथा उपकरण खरिदका लागि पनि तयारी गरेको छ । यस्को काम तिव्र रुपमा भईरहेको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताए । मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाले माक्स पनि वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *