कालोबजारी गर्नेलाई कार्वाही गर्ने

कोहलपुर, चैत्र ९,

सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।

कालोबजारी गर्नेलाई पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो ।

अत्यावश्यक वस्तुको अभाव नरहेको र आपूर्ति सहज गराउने भन्दै सरकारले अनुगमन र सतर्कता बढाएको हो । मन्त्रालयले बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्कालै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को आडमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्दै आइरहेका छन् । विशेषगरी खाद्यान्न र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *