वास गणकहरुका लागि तथ्यांक संकलन सम्बन्धि तालिम

दिप्तीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, चैत्र ९,

स्थानीय खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि एमवाटर मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन सम्बन्धि तीन दिने प्रशिक्षण तालिम आज शनीवार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

सो अवसरमा गाउँपलिकाका अध्यक्ष भागिराम चौधरीले प्रदेश सरकारको एक घर एक धारा संकल्प प्रश्ताव बमोजिम प्रदेश सरकार र दंगीशरण गाउँपालिकाको सहकार्यमा वास कार्यक्रम शुरु भएको बताए । उनले यस कार्यक्रमले दंगीशरणको पालिका भित्रका वास योजनाको तथ्यांक संकलन गर्नमा सहयोग पुग्ने बताए ।

स्थानीय खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्ने उद्धेश्यले आयोजना गरिएको तालीममा वासका संयोजक सुरज वलीले स्थानीय वास योजना तर्जुमा प्रक्रिया, तथ्यांक संकलन तालिममा समेटिने विषय लगाएतका विषयमा जानकारी गराएका थिए । तालीमपछि एक महिना सम्म तथ्यांक संकलन गरीसक्ने , योजना तर्जुमा गरि वास योजना निर्माण गर्ने लक्ष्य रहेको वास सयोंजक वलीले बताए ।

दंगीशरण गाउँपालिकाको आयोजनामा दिगो सरसफाई र घर घरमा धारा दंगीशरणबासीको साझा नारा भन्ने नारासहित सुरु भएको तालीममा १४ जना गणकहरुकोे सहभागिता रहेको थियो । तालीम गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *