कोहलपुर नगरपालिकाको पिपिरीमा आगलागी

कोहलपुर, चैत्र ८,

कोहलपुर नगरपालिका वडा नं.८ को पिपरीमा शनिबार साँझ स्थानीय मान बहादुर पाण्डेको घरमा आगलागी भएको छ ।

साँझ ७:१५ बजे लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको छ । सडकमा रहेको नालाको पानी हालेर स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए । स्थानीय पाण्डेको घरको माथिल्लो तलामा रहेको कपडा पसलमा आगो लागेर लाखौं धनमालको क्षति भएको छ । ४० वर्षिय पशुपति लम्सालको काठमाडौं सेल कपडा पसलमा आगलागी भएको छ । पसलमा रहेका लम्साल आगलागीबाट घाइते भएका छन् । आगोले उनको शरीरको सम्पुर्ण छाला जलेकाले उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको हवलदारपुरका चौकी इन्चार्ज कुल बहादुर बमले बताए । उनले मोबाइल तातेर आगलागी भएको हुनसक्ने बताएका छन् ।

आगो नियन्त्रणपछि नेपालगन्ज उपमहानगरपालिकाको दमकल आगलागी स्थलमा पुगेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *