पेट्रोलियम पदार्थ र ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही गरिने

कोहलपुर, चैत्र ८,

नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने भएको छ ।

निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ । यस्तै निगमले उपभोक्ताललाई पनि घरमा हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ ।

आम उपभोक्ता वर्ग, हल्लाको पछि लागेर अत्यन्त प्रज्वलनशील पदार्थको भण्डारण नगर्नु हुन तथा आवश्यक भन्दा बढी ग्यासको सिलिण्डर घरमा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं, निगमले विज्ञप्तिमा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *