भोलीदेखि लागू हुनेगरि लामो दुरीका यातायात बन्द गरिने

कोहलपुर, चैत्र ८,

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा आउन नदिन सरकारले अन्तर्राष्ट्रिय उडान, अवतरण बन्द गर्नेदेखि लामो दुरीका सार्वजनिक यातायात सेवा बन्द गर्नेसम्मका घोषणा गरेको छ ।

हिजो साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तयार पारेका योजना अनुसार कोभिड १९ बिरुद्ध एकजुट हुन नागरिकलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा हिजो गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै कोरोना भाइरस सर्ने डर हुने भएकाले लामो दूरीको सवारी साधन र हवाई सेवा रोक्ने निर्णय गरेको स्पष्ट पारेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले आपूर्ति व्यवस्था र ढुवानीलाई यसले कुनै असर नपु¥याउने जानकारी पनि दिए । सरकारले कोरोनाको सङक्रमण नदेखिए पनि अत्यावश्यक सेवा र सार्वजनिक यातायातका साधन केही समयका लागि रोक्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *