कालोबजारी गर्नेलाई पाँच वर्ष जेल हुन सक्ने

कोहलपुर, चैत्र ८,

खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीमा कालोबजारी गरे सरकारले कारबाही गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीबीच हिजो बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई ५ वर्षसम्म कैद सजाय गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भएपनि ढुवानी गर्ने र कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *