स्वास्थ्य समूहका कर्मचारीलाई विदामा नबस्न मन्त्रालयको निर्देशन

कोहलपुर, चैत्र ८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई विदामा नबस्न मन्त्रालयको निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सहसचिव तथा विभागीय प्रमुखहरुलाई विदाका दिनमा काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले हिजो सचिवस्तरीय निर्णय गर्दै विदाका दिन पनि कार्यालय आएर काम गर्न र उपत्यका नछोड्न निर्देशन दिएको हो ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रन नदिन व्यवस्थापन तथा परिचालनमा ध्यान दिनुपर्ने भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *