कोरोना भाइरस रोकथामका लागि दोलखाका स्थानीय तह सक्रिय

कोहलपुर, चैत्र ८,

कोरोना भाइरस ९कोभिड–१९० रोकथाम र नियन्त्रणका लागि दोलखाका स्थानीय तहहरूले तयारी सुरु गरेका छन् ।

जिल्लाका ९ वटा स्थानीय तह सचेतनादेखि आइसोलेसन वार्डको स्थापनामा सक्रिय छन् । जिल्लाको भीमेश्वर नगरपालिकाले १० वेडको आइसोलेसन वार्ड तयारी अबस्थामा राखेको छ भने गौरीशंकर अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड तयार भएको छ । जीरी नगरपालिका पर्सिसम्ममा जिरी अस्पतालसँग सहकार्य गरी २ वेडको आइसोलेसन वार्ड निमार्ण गर्ने तयारीमा छ ।

बजारमा मास्कको अभाव भएपछि गौरीशंकर गाँउपालिका आफैले मास्क खरीद गरी स्थानीयबासीलाई वितरण गर्ने र स्वास्थ्यकर्मीहरु समेत तयारी अवस्थामा राखिएको उपाध्यक्ष उर्मिला थामीले जानकारी दिनुभयो । मेलुङ्ग गाँउपालिकाले आइसोलेसन वार्ड स्थापना नगरेको भए पनि पाँचवटा हेल्थ डेक्स स्थापना गरेको छ । स्थानीय तह सँगै विपद व्यवस्थापन समिती, सुरक्षा निकाय समेत कोरोनाबाट जोगिनका लागि आआफ्नो तयारीमा छन् । जिल्लमा कोरोनासम्बन्धी समाचार तथा सुचना प्रवाहमा एकद्वार प्रणाली अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *