नेपाल एयरलाइन्सद्वारा भारतका सबै शहरमा गरिने उडान रोकियो

कोहलपुर, चैत्र ८,

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ ।

अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ गते भोलि देखि लागु हुने गरी स्थगित गरेको छ । यसअघि भारतले मार्च २२ तारीख् अर्थात् चैत्र ९ गतेबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो ।

सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *