कोरोना प्रभावित मुलुकका नागरिकलाई बैशाख तीन सम्म नेपाल प्रवेश रोक

कोहलपुर, चैत्र ६,

सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख तीन गतेसम्मका लागि कोरोना भाइरस प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख तीन गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *