१०३ डिग्री ज्वरो आएका एकजलाई भारत फिर्ता गरियो

कोहलपुर, चैत्र ७,

बाँकेको नेपालगञ्जमा नेपाल–भारत सीमा नाकामा राखिएको हेल्थडेस्कमा चेकजाँच गर्ने क्रममा एक जनामा ज्वरो आएको फेला परेपछि फिर्ता पठाईएको छ ।

१०३ डिग्री ज्वरो आएका भारतीय नागरीक नीराजन लोधलाई हेल्थ डेस्कका कर्मचारीले भारत फिर्ता पठाएका छन् । उनी नेपालगन्ज हुँदै कैलाली जान लागेका थिए । नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले कोरोना भाइरस भित्रिन र फैलिन नदिन वडास्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

वडा अध्यक्ष विन्दुभूषण बस्नेतको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरोना भाइरसविरुद्धका कार्यक्रम गर्न वडास्तरीय समन्वय समिति गठन गरेको छ । वडा सचिव शान्ति केसी सदस्य सचिव रहेको १३ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी, बर्दिया कारागारमा कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाइएको छ ।

२ सय ९२ कैदीबन्दी रहेको कारागारमा कैदीबन्दी भेटघाट २ मिटर टाढावाट मात्र गर्न पाउने, १५ दिनका लागि घरको खाना ल्याउन नपाइने, अनिवार्य मास्क लगाउनु पर्ने लगायतको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *