नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित

कोहलपुर, चैत्र ७,

बाँकेको नेपालगञ्जमा हुने भनिएको नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित भएको छ ।

विश्वभर कोरोनाको सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचना अनुसार महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशन यही चैत्र २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको थियो ।

कोरोनाको सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभा सम्मेलन नगर्न र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो । छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने प्रेस युनियनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *