कोहलपुर नगरपालिका शैक्षिक संस्थाहरु बन्द

कोहलपुर, चैत्र ७,

कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

कोरोना भाईरसको संक्रमण हुन नदिन तथा नियन्त्रणको प्रयास स्वरुप यस क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएका हुन् । कोहलपुर नगरपालिकाको, नगर शिक्षा शाखाले बिहीबार एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेको सम्पूर्ण शैक्षिक संस्थाहरुले सञ्चान गरेका शैक्षिक गतिविधिहरु बन्द गर्न सूचना जारी गरेपछि शैक्षिक संस्थाहरु बन्द भएका हुन् ।

जारी गरीएको सुचनामा सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको दैनिक पठनपाठन, सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र, शैक्षिक परामर्श केन्द्र, शैक्षिक प्रतिष्ठानबाट सञ्चालित सम्पूर्ण गतिविधिहरु बन्द गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *