कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायसँग संवाद

कोहलपुर, चैत्र ७,

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद सुरु गरेको छ ।

आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच आज हुने भिडियो कन्फरेन्समा छलफल हुनेछ ।

त्यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *