विदेश जान नपाएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेटने

कोहलपुर, चैत्र ७,

सरकारले वैदेशिक रोगजारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरे । तर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधिमा भने बेरोजगार रहेको आवेदन दिएका व्यक्तिले मात्र काम गर्न पाउने काुनी व्यवस्था छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरिसकेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेका रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *