बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु

कोहलपुर, चैत्र ६,

बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कोहलपुरस्थित कौशिलानगरमा रहेको नेपाली सेनाको ब्यारेकभित्र करेन्ट लागेर कोहलपुर नगरपालिका वडा नं. २ बर्दहवाका सोहनलाल थारुको मृत्यु भएको हो । बुधबार ब्यारेकभित्र समरसेल पप्प जडान गर्ने क्रममा करेन्ट लागेर थारुको मृत्यु भएको हो ।

पप्प जडान गर्ने क्रममा नाङ्गो तारले छुँदा ५० वर्षिया सोहनलालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको शवलाई पोष्टपार्टमकालागि भेरी अस्पतला नेपालगन्ज लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *