नेपाल–भारत सीमा नाका रुपडियामा कोरोना जाँच

कोहलपुर, चैत्र ६,

बाँकेमा नेपाल–भारत सीमा नाका रुपडियामा कोरोना जाँच भैरहेको छ ।

नेपाल भारतको सिमानाका जमुनहामा कोरोना जाँचका लागि हेल्थ डेस्कको स्थापना गरेर कोरोना जाँच भैरहेको हो । यो नाकाबाट दैनिक ५ हजार मानिसहरु नेपाल प्रवेश गर्दछन् । जमुनाहा सिमानाकामा एकतर्फी भारतबाट नेपालतर्पm आउने मानिसहरुको मात्रै जाँच हुने गरेको छ ।

भारतमा कोरोनाको संक्रमण देखिन थालेपछि कमाउनको लागि भारत गएका नेपालीहरु जमुनाहा नाका हुँदै नेपाल फर्कने गरेका छन् । यस्ता नेपालीको सङ्ख्या बाक्लो छ । अहिले नेपाल भित्रनेहरु मध्ये ४० प्रतिशत नेपाली नै छन्, जो कमाउन भारत गएका थिए । जमुनहा नाकामा नेपाल फर्किने शङ्ंकास्पदलाई मात्रै जाँच हुने गरेको छ । दैनिक जसो नेपाल भारत ओहोरदोहोर गर्ने तथा सीमा आसपास बस्ने नागरिकहरुको भने जाँच हुदैन ।

आवश्यक सामग्री र जनशक्ति प्रर्याप्त नहुदां भारतबाट आउने करिब १ हजार ५ सय देखि २ हजार जनाको मात्रै जाँच गर्न भ्याइने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जमुनाहा नाकाको हेल्थडेस्कमा ६ जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । स्वास्थ्यकर्मी र उपकरणको अभावमा अहिले सिमानाकामा दुईतर्फी आवत्जावत् गर्नेहरुको जाँच हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *