सरकारले बजारमा एक लाख थान मास्क पठाउँदै

कोहलपुर, चैत्र ५,

सरकारले नेपाली बजारमा एक लाख थान मास्क उत्पादन भएर वितरणमा जाने जनाएको छ ।

सोमबार कब्जामा लिइएका मास्क गुणस्तहिन भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली बजारमा अभाव देखिएको मास्क उत्पादनको तयारी भइरहेको जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम प्रवक्ता प्रकाश दाहालले नीजी क्षेत्रको सहयोगमा दैनीक एक लाख थान मास्क उत्पादन गर्ने तयारी भइरहेको छ ।

सरकारले चिनमा कोरोनाको संक्रमण फैलिएपछि केहि दिन अघि एक लाख थान मास्क चिन पठाएकाले अहिले नेपाली बजारमा मास्क अभाव सृजना भएको पनि स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *